Subscribe Us

सप्तरी प्रक्ररण सीडीओ र एसपीलाई काठमाडौं बोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।   मधेशी मोर्चाका तिन कार्यकर्ताको मृत्यू प्रक्ररण लाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तत्काल काठमाडौं बोलाउन गृह मन्त्रीलाई निर्देशन दिएका छन् । 

नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत राजविराजमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरी चलाएको गोली लागेर मोर्चाका तिन कार्यकर्ताको सोमबार मृत्यु भएको थियो । 

सप्तरीका सीडीओ उदय प्रसाद तिमिल्सिना र एसपी दिवेस लोहनीलाई तत्काल काठमाडौं बोलाएर घटनाको अवस्था बुझ्न निर्देशन प्रधानमन्त्री दाहालले बिहान गृह मन्त्री निधिलाई
टेलिफोन गरी आदेश दिएका हुन ।

Post a Comment

0 Comments