Subscribe Us

ओखलढुङ्गामा राष्ट्रीय भलिबल प्रतियोगिता हुदै

काठमाडौं । द युथ पावर नेपालको आयोजनामा ओखलढुङ्गामा बृहत राष्ट्रीय पूरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको गाम्नाङटार गाविसमा प्रतियोगिता आयोजना गरिएको  कार्यक्रमका खेलकुद संयोजक बिजय बस्नेतले बताए । प्रतियोगिता चैत १५ देखी १७ सम्म चल्ने उनले जनाए । 

गाम्नाङटार गाविस जिल्लाकै खेलकुदको ईतिहासमा अग्रणी स्थलको रुपमा चिनिने बस्नेतले दाबी गरे । खेलकुद आयोजनाले खेलकुद जगतको बिरासत जोगाउनका साथै जिल्ला र आयोजना स्थलमा समेत पर्यटन शिक्षा लगायत अन्य क्षेत्रको पनि बिकाश हुने कार्यक्रम संयोजक दिपक श्रेष्ठले जिकिर गरे । 

गाम्नाङटार गाविसस्थित श्री ग्रामोदय युगकवि सिद्धिचरण उच्च माध्यामिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा गाम्नाङटार सेवा समाज, ओखलढुङ्गा एकता सेवा समाज मलेशियाले पनि सहकार्य गरेको आयोजक कमिटीका सचिव युबराज थापाले जानकारी गराए । 

“अनुशासन, पर्यटन प्रबद्धन र समाजिक सद्भाब लागी खेलकुद, भन्ने नारा सहित ओखलढुङ्गा जिल्लाकै ईतिहासमा सर्बाधिक उच्च राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजक पक्षको दाबी छ । भलिबल प्रतियोगिता सँगै आयोजकले सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको जनाएको छ । 

Post a Comment

0 Comments