Subscribe Us

चन्दको आईजी पद सर्बोच्चले खोस्यो,
कार्य सम्पादन मूल्याङनलाई आधार मानेर आईजी बढुवा गर्ने सरकालाई आदेश, फैसालाको पाठ सहित

काठमाडौं ।  सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आइजी) बनाउने सरकारको निर्णय बदर गरेको छ। आईतवार देखी सुरु भएको बहसमा आज अन्तिम फैसाला गर्दै सर्बोच्चले यस्तो निर्णय गरेको हो । 

साथै सर्बोच्चले कार्य सम्पादन मूल्याङनलाई बढुवको आधार मान्दै कार्य सम्पादनमा अग्रज रहेकालाई आईजीपीमा बढुवा गर्न सरकारको नाममा प्रमादेश जारी गरेको छ ।  

सरकारले १ फागुनमा ३ फागुन देखी लागू हुने गरी चन्दलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । तर बढुवा गरेकै दिन अर्थात ३ फागुणमै अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको रिटमा सुनुवाई गर्दै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । 

अन्तरिम आदेश जारी भएको भोली पल्ट अर्थात  ४ फागुणमा पुनः डिआइजी नवराज सिलवालले आफूलाई महानिरीक्षक बनाउनु पर्ने दावी गर्दै रिट दायर गरेका थिए। त्यसपछि सर्वोच्चले दुवै रिटलाई एकै स्थानमा राखेर सुनुवाई गर्दै आएको थियो।



Post a Comment

0 Comments