Subscribe Us

राजधानीका १६१ गुण्डा प्रहरीको उच्च निगरानीमा,
तिन पुस्ते संकलन गर्दै महाशाखा र परिसर

काठमाडौं । महानगरीय प्रहरीले उपत्यकाको गुण्डाको तिन पुस्ते संकलन गरेर निगरानी बढाएको जनाएको छ । गुण्डागर्दीमा संगलग्न हुदै आएका १ सय ६१ जना गुन्डाहरुको तिन पुस्ते संकलन गरेर निगरानी बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छबिलाल जोशीले जानकारी गराएका छन् ।

 उपत्यकामा गुन्डाहरुको निगरानी राख्न सजिलो होस भन्ने हेतुले उनीहरुको तिन पुस्ते अपग्रेड गरिएको एसएसपी जोशीले बताए । उनका अनुसार महानगरीय अपराध महाशाखा र परिसरले गुण्डाको तिन पुस्ते अपग्रेड गरेर निगरानी गरेको जनाए । गुन्डाहरुको अभिलेख पुरानो रहेछ, त्यसलाई अपग्रेड गर्नु पर्ने आवश्यकता देखेपछि तिन पुस्तेलाई व्यवस्थित बनाइएको एसएसपी जोशीले जनाए । 

एक महिनाको अवधिमा प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट गुण्डागर्दीम सगल्न ३० जना लाई पक्राउ गरेको एसएसपी जोशीले बताए । अन्य गुण्डाको तिन पुस्ते संकलनसँगै उनीहरु प्रहरी निगरानीमा छन्,ु एसएसपी जोशीले भने, ुउनीहरुलाई अपराधिक गतिविधिमा नलाग्नसमेत चेतावनी दिएका छौं। ु

पत्रकार सम्मेलनमा महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले अपराध र अपराधि विरुद्ध महाशाखा र काठमाडौं प्रहरी परिसर आक्रामक रुपमा लागेको प्रष्ट पारे।

ुनयाँ गुन्डाको जन्म र उनीहरु सलवलाउन थालेका छन्ु उनले भने, ुहामी को कहाँ के गर्दैछ पुरै निगरानी गरिरहेका छौं।ु
राजधानीमा १ महिनामा २ वटा अपरहण भएको छ। बौद्धबाट ३ जना अपहरण परेकालाई महाशाखाले २४ घन्टा नबित्दै स्वयम्भुवाट मुक्त गरेको थियो भने अपहरणकारीलाई गोली हानेको थियो।

त्यस्तै ब्यापारी श्यामसुन्दर अग्रवाल आफ्नै घरमा काम गर्ने युवतीबाट अपहरणमा परेका थिए। न्युरोडको बैंकबाट रकम निकालेर फर्कदा काकाभतिजासँग रहेको ६ लाख पनि लुटिएको थियो। लुटेराहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थिए । 

Post a Comment

0 Comments