Subscribe Us

१५ किलो सुन काण्ड ,
प्रहरीका दुई सई नै फिरौंती धन्दामा

काठमाडौं । मेनपावर व्यवसायीलाई अपहरण गरेर फिरौती लिएको आरोपमा नेपाल प्रहरीका दुई सइसहित ४ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा महाशाखा कै एक सई र गैशाला बृत्तका अर्का एक सई सहित चार जना छन् । महानगरीय अपराध महाशाखा बाट खटिएका डीएसपी अजय केसीको टोलीले उनिहरुलाई राजधानीको बिभिन्न स्थानबाट नियन्त्रमा लिएका हो । 

टोलीले अपराध महाशाखा अन्र्तरगत गैशाला बृत्तमा कार्यरत सइ सम्बत तामाङ र गौशाला प्रहरीका सइ सुर्य लामा राजुकमार गुरुङ र अर्पणकुमार लामालाई नियन्त्रणमा लिएका हो । सइद्धयले गुरुङ र लामाको मिलमत्तोमा राईको अपहरण गरेका थिए । 

उनीहरुले गत माघ १ गते कोटेश्वरबाट म्यानपावर व्यवसायी बद्री राइको अपहरण गरेर सिनामंगलस्थित बाजेको सेकुवामा ल्याएर एक करोडको कागज र २५–२५ लाखको चारवटा चेक कटाएका थिए । सम्बत लामाले आफू सिआईबीको प्रहरी भएको पीडित राईलाई बताउने गरेका थिए । 

किन अपहरण गरे राईलाई सईद्धयले 

मेनपावर व्यवसायी राईको डीजाईनमा उनका भान्जा सिन्धुपाल्चोकका फुर्वा लामा १५ केजी अबैध सुन लिएर फरार भएका छन् । जसलाई राईले संरक्षण दिएका छन । हाल भारतमा रहेका फुर्वा राईसँग नियमित सम्र्पकमा छन् । सुन बोक्ने भरिया बनेका फुर्वा राईको सहल्लामा सुन राईलाई जिम्मा लगाएर १ बर्ष देखी फरार छन् । 

सो कुरा आफूलाइृ अर्जुन गुरुङ बताउने राजकुमार गुरुङले सुईँको पाए । गुरुङले सुईँको पाए पश्चात आफू निकट प्रहरीका दुई सई र रुपन्देहीका राजकुमार गुरुङको मिलोमत्तोमा राईलाई अपहरण गरी फिरौंती लिन खोजेका थिए स्रोतले बतायो । अपहरणमा परेको एक महिना पश्चात राई प्रहरीको शरणमा पुगेका कारण सुन लुटपाटमा राईको पनि संगल्नता हुन सक्ने महाशाखाका प्रहरी अधिकारी नै बताउँछन् । 


Post a Comment

0 Comments