Subscribe Us

टुप्पी कसेर पढ्ने बाहुन सीडीओ भयो भनेर नपढ्नेले रीस गरेर हुन्छ ?
प्राध्यापक डा. जगमान गुरुङ


इतिहास र संस्कृतिका धुरन्धर विद्वान प्राध्यापक डा. जगमान गुरुङ यस्ता ब्यक्ति हुन् जसलाई संस्कृत भाषाका बेदका ऋचादेखि अंग्रेजी विषयमा पश्चिमा समाजशास्त्रका हरफ कण्ठै छ । पछिल्लो समय नेपालमा जातीय क्षेत्रीय विभेद रहेको दावी गर्दै चलाइएका ‘आन्दोलन’प्रति कठोर तथ्यगत विमति राख्ने जनजाति समुदायकै यी विद्वान नेपालमा परापूर्वकाल देखि विभिन्न जातिहरु समन्वयात्मक संस्कृतिमा मिलेर बसेको वताउँछन् । जातीय विभेद रहेको भनी पछिल्लो पटक चलाइएका अभियानहरुलाई उनी पश्चिमाहरुको लगानीमा नेपाली संस्कृति भत्काउने प्रयास भन्छन् । 


तपाईं नेपाली समाज र संस्कृतिलाई गमेर अध्ययन गर्नु भएको मान्छे नेपाली समाज त खस ब्राम्मणले  अन्य जातिलाई दवाएको समाज हो भनिन्छ नि त्यस्तै हो हाम्रो समाज ?
कसले भन्यो त्यो ? यदि कसैले त्यस्तो भन्छ भने त्यसले नेपाली समाज पढेकै छैन । नेपाली समाज त यस्तो समाज हो जहाँ केही ठाउँमा बाहेक सबैतिर सै जातजाति मिसिएको साझा बसोबास छ । कुनै ठाउँमा एकल जातीय बसोवास नै छ भने पनि त्यहाँ अन्य  जातिका मान्छेलाई उत्तिकै सम्मान गर्ने सामाजिक परम्परा यहाँ छ । । कुनै ठाउँमा खस समुदाय छ भने त्यहाँ गुरुङलामालाई पनि पुज्ने गरिन्थ्यो । यसको एउटा उदाहरण छ– पूर्वमध्य कालमा अहिलेको सिंजा उपत्यका भएको ठाँउ जहाँ सवा लाख जनसंख्या भएको खस देश थियो । ग्रन्थहरुमा लेखिएकै छ– सपाद लक्ष खस देश । त्यो भन्या सवा लाख जनसंख्या भएको खस देश भनेको हो । 

पुण्य मल्ल, पृथ्वी मल्ल भन्ने राजाहरु थिए । ती राजाहरुले आफूलाई पढाउने, अक्षर चिनाउने, जन्मपत्रिका लेख्ने गुरुहरुलाई बिर्ता दिएर सम्मान स्वरुप स्वर्णपत्रमा त्यस्तो ब्यहोरा लेखिदिएका थिए । राजाले बाहुनलाई बिर्ता दिएको छ । तर, त्यसमा ‘लम्ब पादानी चत्वारी स्थानानी’ भनेर लेखिएको छ । यसको अर्थ चार स्थानका लामाहरुलाई साक्षी राखेर यो कार्य गरिएको भनिएको हो । यसले गुरुलाई केही दिंदा पनि लामाहरुलाई त्यो भन्दा माथिल्लो स्थान दिएर काम गर्ने गरेको देखिन्छ ।

अहिले पनि जुम्ला प्रान्तमा चार ठाउँका लामाहरुको वर्चस्व छ । घोडीखोले लामा, घास ओडार लामा, घसेडी लामा, कल्याण लामा जस्ता लामाहरु थिए । जुम्लामा ब्यक्तिगत पूजा होस वा सामुहिक पूजा गर्दा पहिला चार गाउँका लामाको पूजा गर्ने र आहुति दिने गरिन्छ । मतलव लामालाई भगवानको रुपमा पुजिन्छ  । खस समाजमा लामाहरु पूजा गर्ने गरिन्थ्यो । त्यो अहिले पनि छ ।

एउटा उपाध्याय बाहुनको घरमा घोडीखोले लामाही स्वाह, घास ओडार लामाही स्वाहा, घसेडी लामाही स्वाहा, कल्याण लामाही स्वाहा भनेर भगवानको रुपमा पुजिन्छ  । एउटा हिन्दु घर्मको अनुयायी भएको एउटा खस बाहुनको घरमा भोटे लामालाई किन पुजिन्थ्यो भने हाम्रो समाज परापूर्व कालदेखि नै समन्वयात्मक र सुन्दर थियो । कहिल्यै पनि हाम्रो समाजमा जातका आधारमा, धर्मको आधारमा भेदभाव थिएन र छैन । अहिले भनिए जस्तो हाम्रो नेपाली समाज धनी र गरिव बाहेक जातमा कहिँ कतै तलमाथि थिएन र छैन पनि । 

एउटा उपाध्याय बाहुनको घरमा घोडीखोले लामाही स्वाहा, घास ओडार लामाही स्वाहा, घसेडी लामाही स्वाहा, कल्याण लामाही स्वाहा भनेर भगवानको रुपमा पुजिन्छ  । जनजातिमाथि अपमान भए हिन्दु घर्मको अनुयायी भएको एउटा खस बाहुनको घरमा भोटे लामालाई किन पुजिन्थ्यो ? 

त्यस्तै सिंजामा बाह्रभाइ मष्ट, दश बैनी भवानी भन्ने चलन छ । मष्ट भनेको खस संस्कृतिको प्रमुख विशेषता हो । १२ मष्ट हुन्छन् । मष्ट भनेका दाइहरु र दश बैनी भवानी भनेका तिनका बैनीहरु हुन् । ती बैनीहरुको नाम ठिग्याल्नी, पुग्याल्नी थियो । त्यो जाड भाषा हो । जाड अर्थात भोटे भाषा हो । ती सबैको एउटा साझा लामा हुन्छ लामाबिष्णु । ती एउटै देवतामा लामा पनि मान्ने बिष्णु पनि मान्ने । मुल चाहिँ लामा हो कि बिष्णु हो त भन्दा त्यो लामाबिष्णु को धामी हो।  त्यो खस, क्षत्री हुन्छ । लामा हुनासाथ उसले पोशाक पनि लामाकै लगाउँछ । उसले टुपी पाल्न हुँदैन । भाक्दा पनि लामाकै भाषामा भाक्छ । भनेपछि त्यो देवता मुलत लामा धर्म अनुसारको देवता रहेछ । त्यसलाई लामाले पनि मानेको छ र खसले पनि मानेको छ ।

नेपालमा खस आर्यले जनजातिलाई दास बनाएका थिए, छन् भनेर आन्दोलन चलिरहेको छ । तर, तपाईं जातीय हिसावले नेपालमा समानता र समन्वय थियो भन्नुहुन्छ । के आधारमा यस्तो भन्न सक्नु भएको ? 

पहिलो, नेपाल राष्ट्रको निर्माण कसरी भयो भन्ने कुरालाई लिन सकिन्छ । विश्वको इतिहासमा जितारले हरुवालाई आफ्नो दास बनाउँछ । तर नेपालमा सदियौंदेखि यस्तो छ कि यहाँ कहिँ कतै जितार पनि छैन हरुवा पनि छैन । नेपाल एक हुनु बाहुनहरुको रणनीति हो । बाहुनहरु त बेद पढेका मात्र हैन, बेदका रचना गर्ने शास्त्रको रचना गर्ने जानकार नै हुन् । उनीहरुले त्यहि शिक्षाले देश एकीकरण गर्ने रणनीति तयार गरे । नेतृत्व कसको भयो त भन्दा क्षत्रीहरुको । 

अनि अर्का थिए लडाका । चार लडाका जाति गुरुङ, मगर, राई, लिम्बु । उनीहरुलाई राजाले क्षत्री, ठकुरी सरह खुँडा हान्ने जातमा दराईदिए माथि नै । त्यतिखेर जो पायो त्यहिले खुँडा हान्न पाउँने थिएन । राजाहरुको नजिकको वा विश्वासिलो पात्रको रुपमा उनीहरुलाई लिइन्थ्यो । मतलव अत्यन्त सम्मान गरिन्थ्यो । 

त्यो बहादुरी ब्रिटिससम्म पुग्यो । त्यसको परिणाम ब्रिटिस रक्षा मन्त्रालयको ठीक सामुन्ने एउटा गोर्खालीे सैनिकको सालिक छ । जसमा लेखिएको छ– ‘ब्रेभेष्ट अफ द ब्रेभ’ ।  यो भनेको बाहादुरको पनि बहादुर । यही हो हामी नेपालीको समन्वयले देश जितेको । जितेको मात्र हैन विश्वले चिनेको पनि त्यही एक अर्कालाई सम्मान गर्ने कारणले हो । 

अहिले भने जस्तो बाहुनले थिचेको, अर्को जाति पेलीएको भन्ने होइन । बरु एक अर्को जातप्रति असाध्य सम्मान र समन्वय थियो, परापूर्व काल देखि नै । अहिले गाँउ पालिका भनेको छ, नगर पालिका भनेको छ, प्रमुख उप–प्रमुख भन्ने होला । तर अघिको संरचनामा तालुकदार, जिम्मुवाल, मुखिया, द्वारे, उमरा, मिरउमरा भन्ने हुन्थ्यो । कति ठाउँमा राई, लिम्बु, गुरुङ, मगरहरु तालुकदार छन् । मुखिया छन्, उमरा छन्, द्वारे छन् । तिनका रैती भएर बाहुन क्षेत्री बसेका छन् । त्यो अहिले पनि छ । कति ठाउँमा बाहुन क्षत्री तालुकदार छन् र गुरुङ मगरहरु रैती भएर बसेका छन् । गाउँ अनुसार कतै बाहुनको कतै मगरको कतै गुरुङको तालुकमा गएर धुरी खडा गरेर अरु सबै जातिहरु बसेका छन् । कसैले कसैलाई दवाएको भने छैन । हाम्रोमा मुखले जे जे भनिए पनि प्राक्टिस फरक छ । दमाईं, सार्की तालुकदार भएर बसेको छ । तिनका रैती भएर अन्य जात जातिहरु तल बसेका छन् । उनको तालुकीमा त नेवार पनि छ, बाहुन पनि छ, गुरुङ पनि छ, मुसलमान पनि छ, सिख र क्रिश्चियन पनि छ । बरु हामीभित्र धनी गरिवमा थिचोमिचो छ भन्न सक्छौ । तर जातका आधारमा भेदभाव हामीले कल्पना पनि गर्न नमिल्ने कुरा हो । प्रतिशतमा यति छ भन्न मिल्ला तर यो समाज दबाईएको समाज हुँदै होइन । यहाँको जातीय र सांस्कृतिक विविधता र त्यसमा देखिएको सुन्दर एकता देख्न नसकेर विदेशीले लगाइदिएको नारा मात्र हो यो । 

विदेशीले नारा लगाएर त्यसका पछि लाग्ने कति कमजोर एकता त हाम्रो ?
सांस्कृतिक हमला गर्नेमा अग्रेजहरु धेरै नै अगाडि छन् । उनीहरु जहाँ जातका कुरा उठ्न सक्दैन त्यहाँ भाषाको कुरा उठाईदिने र जहाँ भाषाको कुरा इस्यु बन्दैन त्यहाँ जातको कुरा उठाईदिने र कतै धर्मको कुरा उठाइदिने गर्छन् ।  उनीहरु च्यातचुत हुँदा पनि हामी मिलेर बसेको देख्न नसकेर यो वा त्यो नारा उठाएर पैसा खन्याउँदै हाम्रो संस्कृतिमाथि हमला गरिरहेका छन् । यसको हामीले भण्डाफोर नै गर्नु पर्छ । 

आर्थिक रुपमा हामी उनीहरु जति सम्पन्न छैनौं । त्यही कमजोरी पाएर यहाँ पैसाको खोलो बगाएर उनीहरु हाम्रो संस्कृतिमा हमला गरिरहेका छन् । यहिँका पनि केही लोभी पापीहरु त्यसमा बिकेर हामी माथि नै यस्ता नारा लिएर खनिएका छन् । यिनलाइ नङ्ग्याउनु जरुरी छ  ।

एउटा कप्तान बाउले छोरालाई ल पढ्न जा भनेर पठायो । उसँगै अर्को एउटा बाहुन साथी पनि पढ्न बस्यो । दुबै एउटै कक्षामा हुन्छन्  । बाहुन टुप्पी कसेर पढ्छ । उसकी आमा नाङलोमा पसल गर्छे, निगुरो बेच्छे । बाउ दूध बेच्छ । पैसा नभएको बाहुन त्यही गुरुङ केटोसँग पैसा सापट मागेर किताब किन्दै पढ्छ । बाबुले पठाएको पैसामा रमाइलो गर्दै गुरुङ केटो पढ्न सक्दैन । बाहुन बीए एमए गर्छ र जिल्लाको सिडियो, सचिव हुन्छ । गुरुङ पछि बाबुको सहायताले युके आर्मीमा भर्ना हुन्छ । अनि उहाँबाट यहाँ बाहुनले सके भनेर हुन्छ ? 

हाम्रो समाजमा जातका कुरा लिएर विभेद भएको भन्ने कसरी आयो ?
मैले अघि नै भनेँ नि । यो कुरा अंग्रेजहरुले ल्याएको कुरा हो । क्रिश्चियनहरुले ल्याएको कुरा हो । अहिले पनि हामीले हिन्दु राज्य स्थापना गर्न चाहेकै हैन । हिन्दु राजतन्त्र खोजेको पनि हैन । तर बुढी मरी भनेर नरुनु काल पल्क्यो भनेर रुनु भनेजस्तै हो । हामी हिन्दु राज्य गएकोमा हैन त्यसपछि क्रिश्चियनीटी भित्रने कुरामा सचेत हुन जरुरी छ । क्रिश्चियन भएका राज्य छन् । मुसलमानका त कति हो कति । अनि हिन्दु राज्य भनेको नेपाल मात्र हो । हामी अहिले रमाएका छौं, गणतन्त्र आयो भनेर । पहिले बाहुन क्षत्री, बैश्य, शुद्र अर्थात् तागाधारी, मतवाली, नमासिने, मासिने भातभान्सा चल्ने, भातभान्सा नचल्ने भन्ने थियो । तर, २०२० सालमा राजा महेन्द्रले नयाँ मुलुकी ऐन ल्याएपछि नेपालमा कानुले नै जातभात प्रथा कायम छैन । 

तर, अहिले त्यो बाहुन, यो दलित, यो जनजाति, यो मधेसी, त्यो पाहाडी भनेर त्यही अमेरिकन एन्थ्रोपोलोजिष्टले ल्यायो । किन भन्दा यहाँको सांस्कृतिक संरचना छिन्नभिन्न भएपछि त्यस देश र देशबासीहरु उनीहरुका दास हुन्छन् । अर्को देशमा सांस्कृतिक हमलाबाट नै आफ्नो कब्जामा पार्न सकिने भएकोले उनीहरुले यसरी हाम्रो समाजमा जात जातको बीऊ रोपिदिएका छन् । यो उनीहरुको देश फुटाउने ग्राण्ड डिजाइन हो । हाम्रो कारणले होइन । तर यहाँ त प्रज्ञिक ब्यक्तिहरु नै बेइमान भैदिनाले देश यो अशस्थामा आइपुगेको हो । 

जुन देशमा पढ्न गयो त्यहि देशको एजेन्ट भएर आउँछ । नेताहरु त्यस्तै धर्मको र जातको झगडा उठाउन भनेर नै पैसा बुझेर आउने । अनि यति सुन्दर हाम्रो समाज भत्कन कति समय लाग्छ ? हिजो चुँडिएको चप्पल सिलाएर लगाउने तिनीहरु अहिले आलीसन महलमा र प्राडो पजेरोमा कसरी पुगे ? त्यहि क्रिश्चियनहरुको पैसा होइन ? यहाँ त जो अगुवा त्याहि बाटो हगुवा भने झैं भयो र तिनीहरुकै कारण समाज बिश्रृंखलित भयो । हाम्रो समाजका प्राज्ञिक ब्यक्तित्व र राजनैतिक नेताहरुबाट हामीलाई धोका भएको छ । तिनीहरुलाई महलमा पुर्याउन हामीले हाम्रो समाज भताभुङ्ग बनाइसक्यौं । अब ब्युँझिनु पर्छ । जात होइन बर्ण होइन देश भनौं । 

नेपाललाई एउटै मालामा उन्ने सुत्र के होला ?
हाम्रो संस्कृति नै हो । नेपाली संस्कृति समन्वयात्मक छ । नेपाली संस्कृति द्वन्द्वात्मक कहिल्यै थिएन । द्वन्द्वात्मक भौतिकवादले दुई वा दुई भन्दा बढी तत्व मिल्दा द्वन्द्व हुन्छ । संघर्ष हुन्छ भन्छ । त्यही संघर्षको आधारमा बर्गबिहिन समाज बनाउनु पर्छ भन्छ । तर हाम्रो पूर्वीय समाज के छ भन्दा समन्वयात्मक अध्यात्मवाद भन्ने हो । यसमा दुई वा दुई भन्दा बढी तत्व मिल्दा समन्यय हुन्छ, सदभाव हुन्छ, सहिष्णुता कायम हुन्छ, सहअतित्व हुन्छ । अनि शान्ति कायम हुन्छ । शान्तिमेव शान्ति भनेको शान्तिको माध्यबाट नै अर्को शान्ति कायम हुन्छ । संघर्ष गरिरहनै परेन । यो हाम्रो चाहिँ समन्वयात्मक अध्यात्मवाद हो । यस पृष्ठभूमीमा नेपाली संस्कृतिको विकास भएको छ । यही धरातलमा नेपाल राष्ट्र बनाउनु पर्छ । 

सिंजामा बाह्रभाइ मष्ट, दश बैनी भवानी भन्ने चलन छ । मष्ट भनेको खस संस्कृतिको प्रमुख विशेषता हो । १२ मष्ट हुन्छन् । मष्ट भनेका दाइहरु र दश बैनी भवानी भनेका तिनका बैनीहरु हुन् । ती बैनीहरुको नाम ठिग्याल्नी, पुग्याल्नी थियो । त्यो जाड भाषा हो । जाड अर्थात भोटे भाषा हो । ती सबैको एउटा साझा लामा हुन्छ लामाबिष्णु । ती एउटै देवतामा लामा पनि मान्ने बिष्णु पनि मान्ने ।

तपाईं यसो भन्नुहुन्छ तर, शासकीय ठाउँमा जाजातिलाई पहिले देखि नै माथि उठ्न दिइएन भनिन्छ नि त ? 
त्यस्तो होइन । म तपाईंलाई इतिहासको एउटा घटना स्मरण गराउँछु । १८४९ सालमा नेपाल भोट युद्ध भयो । चीनका बादसाहका ज्वाइँ उजिर टुङथाङ विशाल चिनियाँ सेना लिएर बेत्रावतीमा आइपुगे । तिनिहरुसँग लड्न नेपाली फौज त्यहाँ पुग्यो । त्यहाँबाट काठमाडौं त एक दिनको बाटो थियो । यहाँ आएको भए त उहिल्यै यो भोटको भैसक्थ्यो । ती सेना महिनौं देखि त्यहाँ लडे । कति महिना देखि तिनिहरु भोकभोकै लडे । पछि त्यहाँ सन्धी गर्नु पर्ने भो । कपर्दार भोटु पाण्डे क्षत्री र टक्सारी नर्सिङ गुरुङलाई त्यहाँ पठाइयो । सन्धी पछि ती विशाल चिनियाँ सेना बेत्रावतीबाट फर्के । त्यो सारा काममा भूमिका भोटु पाण्डे र नर्सिङ गुरुङकोे रहेको छ । तर भोटु पाण्डे कपर्दारको कपरर्दार नै रहे । नर्सिङ गुरुङ भने काजी भए । हरेक वर्ष बादशाहको नजराना अर्थात सौगात लिएर नेपालबाट प्रतिनिधि जानु पथ्र्यो, उनी त्यसको प्रमुख भएर त्यहाँ जान्थे । बादशहकोमा पुगेका उनलाई शाही भन्ने पद्बी दिएर पठाएको छ भने राज्यले चाहिँ थिचेको छ कि बढवा दिएको छ ? त्यसैले अब समाजमा यो डलरबादीहरुले फैलाएको नचाहिंदो कुरा चिर्नु पर्छ । 

नालापानीको किल्ला कसले बनायो ? त्यो कप्तान अंगद घलेले बनाएको हो । कप्तान अंगद घलेले बनाएको नालापानी किल्लामा बलभद्रले डटेर लडे । त्यहाँ पनि एउटा क्षत्री र एउटा गुरुङ आयो नि हैन ? त्यस्तै कप्तान भक्ति थापाले ७२ बर्षको उमेरमा खुँडा हानेर मलाउको किल्लामा बीरगति प्राप्त गरे । जुन बेलामा ती त्यो उमेरमा लडे त्यही समयमा राजगडको युद्धमा सुब्बा प्रल्हाद गुरुङले पनि बीरगति प्राप्त गरे । तैनाथको नगरा निसाना उसैको सन्तानलाई सुम्पियो । अहिले पनि त्यो नगरा निसान अहिले पनि कास्कीको चौर गाउँमा उसकै छोरा जयमंगल गुरुङको घरमा छ । बर्षको एक पटक त्यसलाई पूजा गर्ने चलन छ । लु हेरौ त बडाकाजी भक्ति थापाको घरमा त्यो छ त ? छैन । न भक्ति थापाको घरमा नगरा निसाना छ न बलभद्र कुँवरको घरमा नै । तर सुब्बा प्रल्हाद गुरुङको घरमा त्यो नगरा निसाना छ । जनजातिलाई हेपिएको र सम्मान नदिइएको कसरी भन्न सकिन्छ ? क्षत्री बलभद्र कुँवर र भक्ति थापाका सन्तानको घरमा नगरा निसाना छैन प्रल्हाद गुरुङका सन्तानको घरमा छ । 

नेपाल भोट युद्धमा बेत्रावतीमा कपर्दार भोटु पाण्डे क्षत्री र टक्सारी नर्सिङ गुरुङलाई सन्धी पठाइयो । सन्धीपछि ती विशाल चिनियाँ सेना बेत्रावतीबाट फर्के । त्यो सारा काममा भूमिका भोटु पाण्डे र नर्सिङ गुरुङकोे रहेको छ । तर भोटु पाण्डे कपर्दारको कपरर्दार नै रहे । नर्सिङ गुरुङ भने काजी भए । चिनियाँ बादशहकोमा पुगेका टक्सारी नर्सिङलाई शाही भन्ने पद्बी दिएर पठाएको छ भने राज्यले जनजातिलाई थिचेको छ कि बढवा दिएको छ ?

हामी लडाईंको मोर्चामा मात्र भयौं अनि बाहुन क्षत्रीले चाहिँ हामीमा शासन गरेका छन् भन्ने कुरा उठाउँछन् नि त ?
कि उताको कुरा छोड्नु कि यताको कुरा छोड्नु पर्यो, यस्तो आवाज उठाउने जनजातिले । त्यो पैसा पनि चाहिँने अनि यहाँको पद पनि सुहाउँदैन यो कुरा । एउटा कप्तान बाउको छोरो ल पढ्न जा भनेर पठायो । उ सँगै अर्को एउटा बाहुन साथी पनि पढ्न बस्यो । दुबै एउटै कक्षामा हुन्छन्  । बाहुन टुप्पी कसेर पढ्छ । किनकि उसको आमा नाङलोमा पसल गर्छे, निगुरो बेच्छे । बाउ दूध बेच्छ । पैसा नभएको बाहुन त्यही गुरुङ केटोसँग पैसा सापट मागेर किताब किन्दै पढ्छ । बाबुले पठाएको पैसामा रमाइलो गर्दै गुरुङ केटो पढ्न सक्दैन । बाहुन बीए एमए गर्छ र जिल्लाको सिडियो, सचिव हुन्छ । गुरुङ पछि बाबुको सहायताले युके आर्मीमा भर्ना हुन्छ । अनि उहाँबाट यहाँ बाहुनले सके भनेर हुन्छ ? त्यो एकै पटक पुग्ने ठाँउ होइन । त्यो ठाँउमा पुग्न धेरै लगानी छ भन्ने बुझ्नु पर्छ । समय र पैसाको सदुपयोग आफू गर्न नसकेर अरुलाई दोष दिएर हुँदैन । त्यो नगर्ने अनि बाहुन सरापेर हुन्छ ?

यसको अर्थ राज्यले थिचेको पनि छैन मिचेको पनि छैन । जहाँ जहाँ सम्मान दिनु पर्ने हो त्यो गरेको छ । म त भन्छु अहिले मात्र हैन हिजैदेखि राज्यले जातजातिलाई उच्च सम्मान गरेको छ । अहिले यस्तो जातको कुरा उठ्नु धेरै नै दुःखद् छ । यसरी हुन्न अब हामीले राष्ट्रलाई के दिंदै छांै सोच्ने बेला आयो । चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः

Post a Comment

0 Comments