Subscribe Us

‘दाम’ पचाउन देउवालाई सकस,
महानिरीक्षक बढुवामा १६ करोड लिएको आरोप

काठमाडौं । प्रहरी महानिरीक्षकमा बरियतामा तेस्रो र स्यूडो अप्रेसनमा विवादित बनेका डिआईजी जयबहादुर चन्दलाई बढुवा गर्न एकतर्फी लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला सबैभन्दा बढी तनावमा छन् । 

पार्टी भित्र राजदुत बढुवा र महानिरीक्षक बढुवाले पार्टीकै छबी धमिलिएको आलोचना खेप्दै आएका देउवालाई अर्को तनाव चन्दबाट लिएको दाम पचाउन भइरहेको सकस हो ।

लागू औषध नियन्त्रण ब्युरोको विवादित स्यूडो अप्रेसनका मुख्य आरोपी उम्काएर चन्दले जुटाएको रकमको ठुलो हिस्सा उनले देउवालाई बुझाएका थिए । स्रोतका अनुसार १५ करोड भारतीय रुपैयाँ दिल्ली हुदै हुण्डी मार्फत बेलायतसम्म पु¥याउने चाजोपाँजो समेत चन्दले मिलाएका थिए । 

उक्त रकम ब्यवस्थापनकै लागि छोरा जयदेवको स्वास्थ्यलाई कारण देखाएर आरजु देउवा लामो समय बेलायत बसिन । चन्दले महानिरीक्षक बढुवाका लागि बुझाएको रकम पार्टी र आफु निकट मन्त्रीपरिषदका सदस्यसम्मलाई नदिई एकलौटी पचाउने देउवा प्रयास सर्वोच्च अदालतले उल्टाएपछि अहिले उनलाई सकस भएको हो ।

सर्वोच्चको फैसला पछि बुढानिलकण्ठस्थित देउवा निवासमा पटक–पटक बसिरहेको किचन क्याबिनेट बैठकमा देउवाले आफुले अदालतको आदेश नमान्ने बताउदै आएका छन् । तर सर्वोच्चले यसअघि गरेका फैसलाका नजिर र अहिले गरेको परमादेश बिरुद्ध जानसक्ने अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसभित्रै रामचन्द्र पौडेल, खुमबहादुर खडका र कृष्णप्रसाद सिटौला नरहेपछि देउवा एक्लिएका हुन् ।

आफुले लिएको ठुलो रकमको खुलासा गर्नसक्ने अवस्था नरहेको र बढुवा नभए मिडियालाई प्रमाण दिने चन्दको घुर्कीका कारण अहिले देउवा निवासको रात बैगुनी र दिन दर्दनाक बन्न थालेको हो । महानिरीक्षक बढुवामा सर्वोच्च अदालतले चन्दको बढुवा खारेज गरेपछि नियमावली संशोधनको प्रयासमा लागेका देउवा त्यसमा पनि असफल भएपछि तनाव थपिएको हो । 

सर्वोच्चले नै बढुवाका सम्बन्धमा यसअघि गरेका फैसलाका कारण कानुन मन्त्रालय राय दिनसक्ने र गृहमन्त्रालय प्रस्ताव लिएर जाने बाटो बन्द छ । सर्वोच्च अदालतले प्रहरीमा हुने सरुवा बढुवालाई ऐनमा राख्न २०६९ मै दिएको परमादेश लत्याएको सरकारले हालको फैसलाबिरुद्ध गए अदालतको अपहेलना मुद्दा खेप्नु पर्नेछ । 

अदालतको अपहेलनामा सरकार बिरुद्ध फैसला भए अन्तर्राष्ट्रिय जगतमा प्रचण्ड सरकार र उनको मन्त्रिपरिषद्को छबी धुमिल हुनेछ । विगतमा प्रधानसेनापति प्रकरणमा त्यसको नतिजा भोगिसकेका प्रचण्ड यसपटक देउवाका लागि सति जाने अवस्थामा नरहेका कारण पनि महानिरीक्षक बढुवामा चन्दले चढाएको ‘दाम’ देउवालाई गलपासो हुने बताइन्छ ।

Post a Comment

0 Comments