Subscribe Us

प्रहरीलाई डिआईजीको चेतावनी,
गुण्डासँग साँठगाँठ गरे अन द स्पट कारवाही

काठमाडौ । उपत्यकका प्रहरीलाई निर्देशन दिदै डिआईजी बमबहादुर भण्डारीले गुण्डालाई प्रसय दिने तथा हिमचीम बढाउनेलाई अन द स्पट कारवाही गर्ने चेतावनी दिएका छन् । 
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका निमित्त प्रमुख डिआईजी भण्डारीले आफू मातहत प्रहरीलाई ब्रिफिङ गर्दै यस्तो चेतावनी दिएका हुन् ।
 
भण्डारीले यहि साताबाट आयुक्त कार्यालयको जिम्मेवारी सम्हालेका हुन् । उनले पहिलो ब्रिफिन मै आयुक्त कार्यालय मातमत बिभिन्न यूनिटमा रहेका प्रहरी अधिकृतको सातो लिएका थिए । डिआईजी भण्डारीले यूनिटका प्रमुखहरूलाई जनताको जीउधनको सुरक्षाका लागि दत्तचित्त भएर काम गर्न आदेश दिएका छन् । 
 
शान्त र सालिन स्वभावका डिआईजी भण्डारीले निर्देशनका क्रममा कडा शब्दहरू प्रयोग गर्दै भनेका छन्,‘प्रहरीको पहिलो काम शान्ति सुरक्षा कायम गर्नु हो त्यसमा असफल हुने जोसुकै प्रहरी कर्मचारीलाई अन द स्पट कारवाही गर्छु ।’ एक प्रहरी अधिकृतका अनुसार डिआईजी भण्डारीको निर्देशनपछि काममा जोस बढेको छ । 
 
‘यो मेरो चेतावनीपनि हो, निर्देशन पनि हो राम्रो काम गर्ने पुरस्कृत हुन्छ, गलत गर्ने दण्डको भागेदार हुनुपर्छ ।’, डिआईजी भण्डारीले भनेका थिए । उनले प्रहरीको आईजीपीको, एआईजीपीको विषयमा नलाग्न पनि प्रहरी अधिकृतहरूलाई निर्देशनका क्रममा भनेका थिए । लामो समय नेपाल प्रहरीको विशेष ब्यूरोमा काम गरेका भण्डारी एक साता अघि मात्रै उपत्यकाको निमित्त प्रमुखका रुपमा सरुवा भएका थिए । शान्त स्वभाव तर काममा प्रतिबद्ध भण्डारीसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय आपराधिक गिरोहका विषयमा राम्रो जानकारी छ ।

Post a Comment

0 Comments