Subscribe Us

थापा ल्याएपछि प्रचण्ड धरापमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको प्रमूख घटक नेपाली कांग्रेससँगको सहमति बिना नैं कमल थापालाई दोश्रो बरियतासहित उपप्रधानमन्त्री बनाईएपछि प्रचण्डको पद धरापमा परेको छ ।

 नेपाली कांग्रेसले संविधान संशोधनको बिधेयकलाई व्यवस्थापिका संसदमा निर्णयार्थ प्रस्तुत गर्न बारम्बार दिएको आग्रहलाई कार्यान्वयन गर्न अटेर गरेपछि कांग्रेस सभपाति देउवा प्रधानमन्त्री प्रचण्डसँग झस्किएका छन् । प्रचण्डले देउवाको आग्रहलाई वेवास्था गर्दै मन्त्रिपरिषद्को दोश्रो बरियतामा राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेपछि देउवा प्रचण्डसँग असन्तुष्ट बनेका हुन् ।

यसअघि पनि प्रचण्डले देउवाको आग्रहलाई लत्याउँदै प्रहरी महानिरिक्षकमा प्रहरी नायव महानिरिक्षक नवराज सिलवालको बढुवा गर्न खोजेपछि सत्तामा खटपट परेको थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गत साउन १९ गते भएको तीन बुँदे सहमति बमोजिम संविधान संशोधनको प्रस्तावालाई सदनमा पेश गर्न कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई बारम्बार आग्रह गरेको थियो । तर प्रचण्डले मधेशी मोर्चाको माग पुरा गर्न विधेयक पेश गरेर मात्र नहुने पास पनि गराउनु प¥यो भन्दै समय गुजार्दै आएका छन् ।

प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाका सांसदले मात्र संशोधन विधेयक दुई तिहाईबाट पारित गर्न सख्या नपुग्ने भन्दै राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई मनाउन प्रयास गर्नु पर्ने बिषलाई प्राथमिकता दिएका थिए । प्रचण्डले आफ्नो सोही तर्कलाई पुष्टी गर्न राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याए । 

तर संविधान संशोधनको पक्षमा होइन,  विपक्षमा मत हाल्छु भन्दै पत्रकार सम्मेलनबाट घोषणा गरेपछि देउवाले प्रचण्डलाई किन गाइजात्रा देखाएको भनी प्रश्न गरेका थिए । देउवाले गच्छेदारलाई नल्याई राप्रपालाई सरकारमा ल्याउनुलाई कांग्रेसमाथिको षडयन्त्र भनी आशंका व्यक्त गरेका छन् । गत २३ फागुनमा सप्तरीको घटनापछि देउवा र प्रचण्डबीचको सम्बन्धमा चिसोपना बढ्दै गएको छ । 

प्रचण्डले आफूलाई पानीमाथिको ओभानो देखाउन ‘मैले सुरक्षाकर्मीलाई गोली नचलाउन आदेश दिएको थिएँ’ भन्दै प्रचार गरेपछि देउवा र उपप्रधानमन्त्री बिमलेन्द्र निधि प्रचण्डप्रति आक्रोसित भएका थिए । प्रचण्डले फोन गरेर मधेश अभियान रोक्न ओलीलाई फोन गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई माओवादी नेता नारायणकाजी श्रेष्ठले ओलीलाई फोन गर्न सुझाव दिएका थिए ।

श्रेष्ठको सल्लाह बमोजिम नै प्रचण्डलाई भेट्न ओली कपिलबस्तुको कार्यक्रम छोडेर कामठाडौं फर्किएका थिए । ओली र प्रचण्डबीच वान टु वान भेटमा के भयो भन्ने बिषयले कांग्रेसलाई झन् आशंका जन्माएको छ । त्यसको भोलीपल्ट नैं प्रचण्डले चीन भ्रमणको सेड्युअल फिक्स गरेका थिए । 

प्रचण्डले एक पछि अर्को गर्दै मधेशी मोर्चाको माग पुरा नगर्ने र कांग्रेसलाई कर्नरमा पार्ने काम गरेपछि कांग्रेससँगको सम्बन्ध चिसिँदै गएको हो । प्रचण्डले सुरक्षाकर्मी र एमालेको अभियानलाई भिडाएर तराईमा हिंसा भड्काउने र स्थानीय तहको निर्वाचन भाँडियो भन्दै सत्ता लम्ब्याउने कसरत गरेको भन्दै कांग्रेस भित्र यतिवेला प्रचण्डको आलोचना हुन थालेको छ ।

बजेट आफै ल्याउने दाउमा प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १५ गतेसम्म जसरी भएपनि सत्ता लम्ब्याउने र आगामी आर्थिक बर्षको बजेट ल्याउने रणनीति अख्तियार गरेका छन् । उनले त्यसका लागि स्थानीय तहको निर्वाचन भड्काउने र केही साता परिणाम घोषणा गर्नेसम्म रणनीति बनाएका छन्। तर कांग्रेस सभापति देउवा स्थानीय तहको निर्वाचनअघि नैं संविधान संशोधन विधेयक सदनमा निर्णयार्थ पेश गर्ने र पास गर्ने पक्षमा छन् । 

उनले कर्थकदाचित बिधेयक फेल भएपपिन त्यसको दोष प्रमुख प्रतिपक्षी एमालेमा जाने भन्दै तराई÷मधेश र पहाडमा समेत जनमत बनाउने रणनीति लिएको  छ । तर तराईमा मोर्चाले निर्वाचनमा भाग लिने स्थिति आए आफुपनि बढारिने आशंका प्रचण्डलाई छ । त्यसैले उनी तराईमा निर्वाचन भाँडियोस भन्ने योजनामा लागेका छन् ।

प्रचण्डले आगामी जेठ १५ गतेसम्म आफूलाई सत्तामा बस्न नदिएर बजेट ल्यान नदिए प्रमुख प्रतिपक्षी दल एमालेको समर्थनमा कांग्रेसलाई धोका दिने योजनामा लागेका छन् । तर कांग्रेस सभापति देउवा पनि जसरी भएपनि जेठ पहिलो साता आफूलाई प्रधानमन्त्री पद चाहिने भनेर प्रस्ट उद्देश्य बताई सकेको छन् । कमल थापाले संविधान संशोधन विधेयकमा समर्थन नगर्दा नगर्दै पनि सरकारमा ल्याएर गच्छेदारलाई सरकारमा नल्याएको भन्दै कांग्रेस भित्र चर्को बहस चलेको छ ।

Post a Comment

0 Comments