Subscribe Us

बहिस्कार होईन, न्यायाधीबक्ता र उप–न्यायाधीवक्ताले बहस गर्ने छनः महान्यायाधीवक्ता श्रेष्ठ

काठमाडौं ।  आईजीपी बढुवाको बिषयमा परेको रिटको अन्तिम सुनुवाइमा महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ बहस नगरी बाहिरेपछि अनेक टिका टिप्पणी भएका छन्। सर्वोच्च अदालतले गठन गरेको पूर्ण इजलासप्रति शंङ्का गर्दै श्रेष्ठ बाहिरीएको हल्ला केही सञ्चार माध्यमले समेत गर्न भ्याएका छन् । 

तर महान्यायाधीबक्ता श्रेष्ठले भने पूर्ण ईजलासमा रहेका न्यायाधिस मध्य प्रधानन्यायाधिस सहित अन्य दुई न्यायाधीसको ईजलासमा आफूले यस अगी तिन वटै पेश्किमा बहस गरिसकेको हुदा बोल्न बाँकी बिषय नभएको हुदा बाहिरिएको बताउँदै  सरकारको तर्फबाट न्यायाधीवक्ता र उप–न्यायाधीवक्ताले बहस गर्ने श्रेष्ठले बताए । महान्यायाधीवक्ता आफैं गएर बहस गर्नुपर्ने जरुरी नदेखिएको पनि उनले जिकिर गरे । 

महान्यायाधीबक्ता श्रेष्ठले भने पूर्ण ईजलासमा रहेका न्यायाधिस मध्य प्रधानन्यायाधिस सहित अन्य दुई न्यायाधीसको ईजलासमा आफूले यस अगी तिन वटै पेश्किमा बहस गरिसकेको हुदा बोल्न बाँकी बिषय नभएको हुदा बाहिरिएको बताउँदै  सरकारको तर्फबाट न्यायाधीवक्ता र उप–न्यायाधीवक्ताले बहस गर्ने श्रेष्ठले बताए ।  महान्यायाधीवक्ता आफैं गएर बहस गर्नुपर्ने जरुरी नदेखिएको पनि उनले जिकिर गरे । 

सर्वोच्च अदालतले गठन गरेको पूर्ण इजलासमा प्रधानन्यायाधीश सुशीला कार्की सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वप्रसाद खतिवडा, डा आनन्दमोहन श्रेष्ठ र अनिलकुमार सिन्हा छन्। पूर्ण इजलासमा रहेकामध्ये प्रधानन्यायाधीश कार्की, हरिकृष्ण कार्की र खतिवडा अगाडिका तीन वटा पेशीमै बसिसकेका थिए । 

सरकारी वकिलले यो पूर्ण इजलासमा न्यायाधीश दोहोरिएकाले ‘हेर्न नमिल्ने’ तर्क गरेका थिए । तर अदालतले बहस अगाडी बढाउन रिट निबेदकका कानून व्यवसायीलाई अनुमती दिएपछि आईतवार मुद्दा अगाडी बढेको थियो ।  

अन्तिम सुनुवाइका लागि गठन भएको पूर्ण इजलासमा आइतबार निवेदकको तर्फबाट बहस सुरू भयो। बहस नसकिएकाले सोमबार पुनः हेर्ने गरी सुनुवाइलाई ‘हेर्दाहेर्दै’ सूचीमा राखिएको छ । 

सोमबार चन्द पक्ष र सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि निवेदकको तर्फबाट फेरि प्रतिरक्षा गर्छन्। करिब सोमबार नै प्रहरी महानिरीक्षक नियुक्तिको निवेदनमाथि फैसला हुनसक्ने अनुमान गरिएको छ। 

  

Post a Comment

0 Comments