Subscribe Us

उपेन्द्रको थैलीले सिलवल रोकिएलान् ?

काठमाडौं, चैत २८ । शक्ति केन्द्रहरुमा चलखेल गरेर उपेन्द्रकान्त अर्याललाई नेपाल प्रहरीको आईजीपी बनाउन सफल भएका उपेन्द्र महतो अहिले प्रकाश अर्याललाई नेपाल प्रहरीको आईजीपी बनाउन शक्ति केन्द्रहरुमा धाइरहेको खबर छ । उपेन्द्रकान्त अर्यालको डिजाइनमा प्रकाशलाई आईजीपी बनाउनका लागि निकै पहिलेदेखि नै उपेन्द्र महतो र उपेन्द्रकान्तले शक्तिको दुरुपयोग गर्दै शक्ति केन्द्रहरु परिचालन गर्दै आएका थिए ।

तर, शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि यिनीहरुको सपना चकनाचुर भयो । त्यसपछि यी मितजोडी निकै छटपटीमा परेका थिए । सर्वोच्च अदालतको आदेशपछि अहिले फेरि प्रकाश अर्याललाई आइजीपी बनाउन तीव्र चलखेल गर्न थालेको खबर छ । 

यसअघि पनि उपेन्द्रकान्तलाई नेपाल प्रहरीको आईजीपी बनाउन करोडौं लगानी गर्दै आएका उपेन्द्र महतोले यस पटक पनि नवराज सिलवाललाई रोक्न र प्रकाशलाई आइजीपी बनाउनका लागि शक्तिकेन्द्रहरु परिचालन गर्न करोडौंको थैली खोलेर अगाडि बढिरहेको खबर छ । स्रोतका अनुसार, मितद्वयको अभियान सफल भएर प्रकाश आइजीपी बन्न निकै गाह्रो छ ।

यसै सिलसिलामा ०७३ चैत २६ गतेको ‘नागरिक’ दैनिकमा ‘आइजीपीमा अर्यालको अग्रता’ समाचार छाएको थियो । उपेन्द्रकान्त अर्याल, उपेन्द्र महतो र विनोदराज ज्ञवालीको डिजाईनमा उक्त समाचार प्रकाशनमा आएको नागरिककै पत्रकारहरु चर्चा गर्दछन् ।

प्रकाश अर्याललार्इ आईजीपी बनाउनका लागि ‘नागरिक’ दैनिकले सहयोग गर्ने सर्तमा उपेन्द्र महतो र उपेन्द्रकान्त अर्यालले नेपाल रिपब्लिक मिडियोमा करोडौं लगानी गर्ने सहमति भएको नेपाल रिपब्लिककै पत्रकारहरुबाट थाहा भएको छ ।




Post a Comment

0 Comments