Subscribe Us

सरकारी गाडीमै सीमापारी !


सार्वजनिक कार्यक्रममा अदालत, सरकार र नेतालाई चेतावनी दिने ढुंगेल सर्वोच्चको कडा आदेशबाट पक्राउ पर्ने भएपछि सरकारी गाडीमा भागेर भारतका सहरमा

काठमाडौं । सर्वस्वसहित जन्मकैद फैसला भई कारागार चलान हुनपर्ने व्यक्ति नै सरकारी संरक्षणमा सीमा पारी पुगेका छन् । काठमाडौको तीनकुनेमा रहेका बालकृष्ण ढुंगेललाई प्रचण्डले सुरक्षाकर्मीको गाडीमा राखेर नेपाल भारत सीमा क्षेत्र झापाको काकडभिट्टा लगेर छाडेको स्रोतले जनाएको छ । उनी त्यहाँबाट भारतको सिक्कम पुगिसकेका छन् । सर्वोच्च अदालतले सातदिन भित्र पक्राउ गरी कारागार चलान गर्न आदेश दिएका व्यक्तिलाई प्रधामन्त्रीको निर्देशनमा सुरक्षाकर्मीकै गाडीमा नेपाल भारतको सीमामा सुरक्षित रूपले छाडिएको हो । प्रधानमन्त्री दाहालले नै सो आदेश आएपछि उनलाई भगाएका हुन् । अदालतले नेपाल प्रहरीलाई माओवादी केन्द्रका नेता एवं पूर्व सभासद बालकृष्ण ढुंगेललाई विशेष संयन्त्र बनाएर भएपनि पक्राउ गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले सवस्र्वसहित जन्मकैदको सजाय सुनाए पनि फरार रहेका माओवादी केन्द्रका ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेपछि प्रहरीले चार दिन हुँदा पनि सक्रियता देखाएको थिएन ।

गृहराज्यमन्त्री इन्द्र बहादुर बानीयाले अझ ढुुंगेल यहाँ नभएको भन्दै सरकारले तत्काल पक्राउ गर्न नसक्ने संकेत समेत गरिसकेका छन् । शनिवार एक विद्युतीय सञ्चार माध्यमलाई अन्र्तवार्ता दिदै ढुंगेल मुलुकभित्र नभएको संकेत गरेका थिए । सरकारकै जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिन भनेको अदालतको आदेशलाई पुन लत्याउनु हो । अघिल्लो पटक सर्वोच्चको आदेश पालाना गर्ने भन्दै प्रहरी प्रधा नकार्यालयले ओखलढुंगा जिल्ला प्रहरी कार्यालयल लगायतका सबै मातहत निकायलाई आन्तरिक सेट सर्कुलर गरेर तत्काल पक्राउ गरी अदालत पेश गर्न निर्देशन दिएको थियो । त्यतिबेला माओवादीको डरका कारण सुरक्षा निकायले उनलाई पक्राउ गर्न सकेको थिएन । तत्कालि नप्रहरी महानीरिक्षक कुवेर राना र उनी एउटै कार्यक्रममा रहँदा पनि उनलाई पक्राउ गर्न सकेको थिएन ।

विहिबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर भएका ढुंगेलले सार्वजनिक कार्यक्रममा अदालतको फैसलालाई चुनौती दिदै अदालतप्रति भ्रम फैलाएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न सरकार प्रहरी प्रधानकार्यालय तथा प्रहरी महानीरिक्षकलाई आदेश दिएको थियो । ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउन प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरिन्छ’, सर्वोच्च अदालतले भनेको छ ।

सर्वोच्च आदालतले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएपछि प्रहरी प्रशासन पनि उनलाई पक्राउ गर्न अग्रसर देखिएको हो । प्रहरी प्रशासनकै अगाडी बसेर सार्वजनिक रूपमा अभिनन्दन लिने तथा सर्वोच्च अदालतलाई मानहानि गर्ने अभिव्यक्ति दिने र न्यायधीशहरूलाई अपशब्द प्रयोग गर्ने व्यक्तिलाई पक्राउ नगर्दा कानुनी राज्यको उपहास भएको भन्दै प्रहरीको व्यापक आलोचना भएको छ ।

ओखलढुंगामा भएको एउटा सभामा अदालत, प्रहरी र सरकारलाई चुनौति दिँदै केही साता अघि ढुंगेलले सार्वजनिक भाषण गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पार्टीका नेता भएकाले उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई तत्काल पक्राउ गर्नुपर्ने देखिन्छ’, सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिदै भनेको छ ‘आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो, जससँग समन्वय गर्नुपर्ने हो त्यसमा कमी हुन नदिनु ।’

३० फागुनमा ढुंगेललाई गृहजिल्ला ओखलढुंगा तथा रामेछापको सैपूमा माओवादी जिल्लास्तरीय तथा गाउँस्तरीय कार्यकर्ताहरूले नागरिक अभिनन्दन गरेका थिए । नयाँ शक्ति पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रूपमा ढुंगेललाई अभिनन्दन गरेको बेला उनले सर्वोच्च अदालत तथा उनका विरूद्धमा फैसला गर्ने न्यायधीशलाई अपशब्द प्रयोग गर्दे गाली गरेका थिए । उनले त्यस कार्यक्रममा अभिव्यक्त गरेका भनाइ भिडियो मार्फत सार्वजनिक भएपछि सर्वोच्च अदालतमा उनीविरूद्ध मानहानीको मुद्धा दायर गरिएको थियो । सो मुद्धाको सुनुवाई गर्दे अदालतले सरकार र प्रहरी महानीरिक्षकलाई सातदिन भित्र पक्राउ गरी कारागार हाजिर गराउन निर्देशन दिएको हो ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको दिएपछि पीडितहरू सर्वोच्च अदालत पुगेको थिए । तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गर्दे सर्वोश्वसहित जन्मकैदको फैसला गरेको थियो ।

Post a Comment

0 Comments