Subscribe Us

निशानामा नागराज

काठमाडौं । क्रिकेटको इन्डियन प्रिमियर लिग (आइपीएल) मा नेपाली बजारमा जुवाको ठेक्का लिएका भारतीय माफिया नागराज नामले कुख्यात अमित अग्रवाल माथि प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
 नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) र महानरीय अपराध महाशाखा टेकुले गोप्य रूपमा अनुसन्धान सुरू गरेको हो । विगत एक दशक देखि नागराजले नेपालमा बुकी अर्थात सट्टा बाजी खेलाउँदै आएका छन् । कानूनी रूपमा कुनै व्यापार व्यावसायी नभएका नागराजको काठमाडौंमा मात्र करोडौं रूपैंयाको सम्पत्ती भेटिएपछि सिआईबीले उनको सम्पत्तीको स्रोत समेत खोज्न सुरू गरेको छ ।
मा जुवाका ठेक्का लिएका भारतीय माफिया नागराज नामले कुख्यात अमित अग्रवाल माथि प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

विभिन्न सञ्चार माध्यममा नागराज कर्तुतको पर्दाफास भएपछि  सिआईबीले अनुसन्धान सुरू गरेको हो । माहाराजगञ्ज बाँसबारीमा महल, बालुवाटार प्रधानमन्त्री कार्यालय पछाडी एक रोपनी जग्गाको घडेरी लगायत अन्य ठाँउमा करोडौ रूपैंयाको सम्पत्ती नागराजले जोडेका छन् ।

गत बर्ष प्रहरीले निगरानी बढाएपछि फरार भई भारतको गोवा पुगेका नागराज दुई साता अघिमात्र काठमाडौं छिरेका हुन् । प्रहरीको निशानाबाट बच्न नागराजले जुवाको सिस्टम नै चेन्ज गरेको स्रोत बताउँछ । अहिले उनले आफ्नै एकाउन्ट खोलेर जुवा खेलाउन थालेका छन् । ‘जुन बाहिर लिक हुँदैन, प्रहरीले पक्राउ गरीहाले पनि प्रमाण हात लाग्न सम्भब छैन’,  स्रोतले भन्यो ।

प्रायः प्रत्येक गेममा सट्टा बाजीको धन्दा गराउँदै आएका नागराजले बार्षिक पाँच अरब जति नेपाली रूपैंया बिदेश पु¥याउने गर्छन् । जसमा उनले खेल हेरेर ३ देखि ५ प्रतिशत कमिशन पाउने गरेको स्रोत बताउँछन् । जसमा बार्षिक नागराजले १५ करोड माथि कुम्ल्याउने गरेको स्रोत बताउँछ । अन्डरवल्र्ड डन दाउद इब्राहिमले सञ्चालन गरेको बुकी विश्वभर जुवाका रूपमा फस्टाउँदो छ । एक दशक देखि उक्त जुवाले नेपालमा पनि जरो गाडेको छ ।

स्रोतका अनुसार नेपालमा एक दर्जन बुकीका नाईके छन् भने, सयौंको सख्यामा बुकीको पैसा जिम्मा लिने दलाल पनि छन् । पछिल्लो समय क्यासिनोमा जुवा खेल्ने र खेलाउने नै बुकीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । नेपालमा बुकी खेलाउने मध्य नागराज अग्रस्थानमा छन् भने अमित अग्रवाल, सेण्ठी भन्ने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । यी सबै भारतीय नागरीक हुन् । क्यासिनोमा बसेर जुवा खेलाउँदै आएका माफिया माथि प्रहरीले निगरानी राख्न थालेपनि अहिले घरबाटै जुवा खेलाउदै आएका छन् ।

यो पनि पढ्नुहोस्  http://www.aparadhkhabar.com/2017/04/blog-post_99.html

Post a Comment

0 Comments