Subscribe Us

अदालतको परमादेशलाई धोती लगाउँदै आईजी बढुवा

काठमाडौं । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । बेलुका अबेर बसेको बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । 

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने सहभागी थिएनन् । सरकारको दोस्रो वरियता नपाएपछि उनले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका हुन् । 

सोमबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय गरिएको थियो । 

कार्यसम्पादनमा अर्यालको १५४ अंक र अर्का दावेदार नवराज सिलवालको १५२। ४ मात्र अंक भएको जिकिर गर्दै सरकारले अर्यालाई आईजीपीमा बढुवा गरेको हो । अर्को १५०।२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले जनाएको छ । 

Post a Comment

0 Comments