Subscribe Us

प्रहरीमा डांक्टरसापको शंकास्पद प्रस्ताव

काठमाडौं । मेडिकल कलेज खोल्ने प्रस्ताव सरकारले अस्वीकृत गरेपछि निमित्त आइजीपी डा. दिनेशचन्द्र पोखरेलले इन्जिनियरिङ कलेजको प्रस्ताव गरेका छन् । उनी प्रहरीको मेडिकल कलेजको कन्सल्ट्यान्ट थिए । मेडिकल कलेजको विषयमा डा. गोविन्द केसीसँग सम्झौता भएका कारण प्रहरीको प्रस्ताव अस्वीकार गरेको थियो । 

नेपला प्रहरीको निमित्त आइजीपी भएको चौथो दिन बसेको पोलेसी कोअर्डिनेश कमिटि (पीसीसी) बैठकमा पोखरेलले सो प्रस्ताव गरेका थिए । नेपाल प्रहरीको कुनै कार्ययोजनामा नभएको प्रस्ताव निमित्त आइजीले कसरी ल्याए भन्ने बारेमा वैठकका प्रहरी अधिकारीले चाल पाएका थिएनन् । 

पिसिसीको बैठकमा निमित्त आइजिपी पोखरेलले नेपाल प्रहरीले अब इञ्जिनियरिङ कलेज खोल्नुपर्छ भन्ने प्रस्ताव राखेपछि सहभागी डिआइजी एसएसपीहरूले त्यसलाई ठाडै अस्वीकार गरिदिए । 

नेपाल प्रहरीले मेडिकल कलेज चलाउनुपर्छ भन्दै गठन गरिएको कमिटीदेखि नै संलग्न रहेका डा. दिनेशचन्द्र पोखरेल मेडिकल कलेज खोल्ने अभियानमा भने असफल नै रहे । भौतिक पूर्वाधार र आवश्यक सबै कुरा पुगेर पनि गोविन्द केसीकै कारण प्रहरीको मेडिकल कलेज प्रस्ताव तत्कालका लागि अस्वीकृत भएको थियो । 

मेडिकल कलेज खोल्ने नाममा कल्याणकोषबाट करिव पाँच करोड रूपैयाँको हाराहारीमा रकम खर्च भइसकेको छ । उनी त्यसका जिम्मेवार कन्सल्ट्यान्ट समेत हुन् । निमित्त आइजीको जिम्मेवारी पाएका पोख्रेलले एक महिनाकै बीचमा पिसिसीको बैठकमा प्रहरीले अब इञ्जिनियरिङ कलेज सञ्चालन गर्नुपर्ने भन्ने प्रस्ताव राख्नुका पछाडि कुनै न कुनै निहित स्वार्थ रहेको चर्चा छ । 
पहिलो कुरा त निमित्तलाई यति ठूलो निर्णय गर्ने अधिकार पनि रहँदैन । दोस्रो कुरा के उद्देश्यका लागि उनले इञ्जिनियरिङ कलेज खोल्ने प्रस्ताव गरे आफैँमा रहस्यको विषय बन्न पुगेको छ । डा. पोखरेलले पिसिसीको बैठकमा भाग लिनका लागि अस्पतालका डिआइजी तहका अधिकृतहरूलाई पनि सँगै लिएर आएका थिए । पिसिसीको बैठकमा यसअघि अस्पतालका प्रमुखमात्रै संलग्न हुने परम्परा थियो । उनले पहिलो पटक अस्पतालका डिआइजीहरूलाई समेत पिसिसी बैठकमा सहभागी गराएका थिए । अस्पतालका डिआइजीलाई पीसीसीमा किन भन्ने प्रश्न समेत उठाइएको थियो । तर यो विषयमा डा पोखरेल केही बोलेका थिएनन । 

पोखरेलले इञ्जिनियरिङ कलेजको प्रस्ताव राख्ने वित्तिकै अस्पतालबाटै आएका डिआइजीले पोखरेलको प्रस्तावको विपक्षमा विचार राखेका थिए । के उद्देश्यका लागि र किन इञ्जिनियरिङ कलेज खोल्ने ? हामीसँग इञ्जिनियरिङमा मास्टर गरेका कति जना छन् ? त्यसको तथ्यांक छ तपाईसँग भनेर सहभागीहरूले प्रश्न गरेपछि उनको प्रस्ताव अलपत्र परेको थियो । 

नेपाल प्रहरीमा अहिले ४ जना मात्रै मास्टर डिग्री गरेका इञ्जिनियरहरू छन् । चार जनाका भरमा मात्रै इञ्जिनियरिङ कलेज खोल्ने कुरा सपनाजस्तो हुने पिसिसी बैठकमा सहभागीहरूले उठाएका थिए । मेडिकल कलेज खोल्नका लागि तयार पारेको पूर्वाधार लगायतका विभिन्न खर्चको शीर्षका प्रहरी कल्याणकारी कोषको ५ करोड कहीँबाट असुल गर्ने ठाउँ नभएको अवस्था डा. पोखरेलको ध्यान किन इन्जिनियरिङ कलेज तर्फ गएको भन्ने विषयमा प्रश्न उठाउन थालिएको छ । 

सँगै प्रस्ताव गरिएको सेनाले पहिलो व्याज डाक्टरलाई काम लगाउने बेला भएपनि प्रहरीको भने पाच करोड डुवेर बसेको छ । 
कल्याणकारी कोषको पैसामा खोलिएको नेपाल प्रहरी मेडिकल कलेजमा अस्पताल र जग्गाको भौतिक पूर्वाधार ठिक भए पनि फ्याकल्टी पुरा छैन । 

प्रहरीलाई अगाडि सार्दा सम्बन्धन सजिलो हुने ठानेर कल्याणकारी कोषकै खर्चमा भारतको पटनाबाट जहाज चार्टर गरी प्राध्यापक झिकाइएको सार्वजनिक भएको थियो । त्यसकारण डा. पोखरेलको इन्जिनियरिङ कलेज खोल्ने प्रस्तावलाई सो बैठकले ठाडै अस्वीकार गरिदियो ।

प्रहरी अस्पताल प्रभावकारी ढङ्गबाट संचालन गर्न नसकिएको अवस्थामा मेडिकल खोली कल्याणकोषको रकम स्वाहा गर्ने जुन रणनिति विगतमा प्रहरी प्रधान कार्यालयले लिएको थियो त्यो फेरि वर्तमान समयमा जागा गराउने प्रयास गरिदैछ । जुन अत्यन्त हानीकारक छ । 

पूर्व प्रहरी कर्मचरी र तिनका परिवारलाई प्रहरी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था गर्न नसक्ने व्यवस्थापनले मेडिकल कलेज खोल्ने तिर गतिशिल हुनु कोषको रकम सिध्याउने खेल मात्र भएको वर्तमान तथा पूर्व प्रहरी अधिकृत बताउँछन् । त्यसमाथि इन्जिनियरिङ कलेज खोल्ने कुरामा उनीहरूको सहमति नहुने पनि सहभागीहरूले बताएका छन् ।

Post a Comment

0 Comments