Subscribe Us

घैंटेको सम्पत्तीमा यिनको रजगज

काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका राजधानीका गुण्डा नाईके घैंटे भनिने कुमार श्रेष्ठको सम्पत्तीमा अहिले डन र दलालहरुले रजगज गर्दै आएका छन् । 

घैंटेको सम्पत्ती डन र दलालको यो समुहले भागबण्डा लगाउदै आएको हो । भागबण्डामा कुरा नमिल्दा गत साता सो समुहबीच मनमुटावसम्म बढेको स्रोतको दाबी छ । 

घंैटे ईन्काउन्टर पश्चात बिबादित बनेको गजुरमुखी निमार्ण सेवाको आय व्ययको हिसाबमा गत साता शेयर होल्डर सन्तोष गौतम, दिपक गौतम र पंकज नेम्वाङबीच बिबाद भएको हो । बाफलका अर्का गुण्डा नाईके समिरमान बस्नेतले खाँदै आएका थिए । 

तर कम्पनीमा नयाँ शेयर होल्डरका रुपमा आएका पंकजले समिरलाई दिने पैसामा आफ्नो हिस्साबाट कट्टा गर्न नमाने पछि बिबाद उत्पन्न भएको थियो । घैंटे ईन्काउन्टर पश्चात मासिक एक लाख गुण्डा नाईके समिरमानले बुझ्दै आएको स्रोतको दाबी छ । गौंतमद्धयले सञ्चालन गर्दै आएको गजुरमुखीमा पाँच बर्ष अगाडि घैंटेको आगमन भएको थियो । 

ठेक्का कब्जा गर्न गौंतमद्धएले घैंटेलाई केही शेयर दिएर गजुरमुखीको मालिक बनाएका थिए । बिस्तारै घैंटेले गौंतमद्धएको सम्पूण शेयर हडपेपछि उनीहरु बिदेशिएका थिए । घैंटे ईन्काउन्टर पश्चात पुनः कम्पनी सञ्चालन गरेको थिए । घैंटेको शेयरको केही भाग बस्नेतले पाउँने सहमिती भएको थियो । 

तर उक्त रकम दिने बिषयमा भने लफडा सुरु भएको छ । उता घैंटेकी श्रीमती पिङ्की शेर्पाले पनि सन्तोष गौंतम सँग कुमारको करोडौं रुपैंया भएको दाबी गर्दै आएकी छिन् । घैंटे ईन्काउन्टर पश्चात छानबिनको दायरामा रहेका सन्तोषको अहिले काठमाडौंका प्रहरीसँगै हिमचिम बढेको छ 

Post a Comment

0 Comments