Subscribe Us

बिएण्डबीको बेडबाट डिआईजी सिलवालको च्यालेन्ज,
जंगली राजको अन्त निश्चित छ

काठमाडौं । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) का प्रमुख डिआईजी नबराज सिलवालले आफ्नो लडाँई आईजीपी पदको नभई न्यायिक सिद्धान्तको लागी भएको प्रष्ट पारेका छन् ।

सोमवार बिहान प्रहरीले गैर कानूनी तरिकाबाट नियन्त्रण लिएसँगै रक्तचाप बढेका सिलवालले बिएण्डबी अस्पतालमा उक्त भनाई राखेका हुन । अस्पताल भर्ना भएका डीआईजी सिलवालले अस्पताल पुगेका पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदै उक्त भनाई राखेका हुन । 

डिआइजी सिलवालले कुनै चार्ज  र पक्राउ पुर्जी बिना नै अपहरण शैलिमा आफूलाई प्रधानकार्यालय लगिएको बताए । एक बाहालवाला डिआईजीलाई अपहरण शैलिमा जसरी प्रहरी प्रधान कार्यालय र बिभिन्न ठाँउमा पुर्याउने काम भो, यसले प्रजातन्त्रको खिल्ली उडाएको छ,’ सिलवाले भने ।  

म बिहान आफ्नो कानुन व्यवसायी शम्भुको थापा घर गएको थिएँ। त्यही बेला प्रहरी अधिकृतहरू आएर मलाई जबर्जस्ती अपहरण शैलीमा प्रहरी प्रधान कार्यालय लगे।’ जो मेरो झगडिया छ, उसैले पक्राउ गर्ने, उसैले बयान लिने, प्रपञ्च मिलाउने, फसाउने प्रकारको जुन गतिविधि भएको छ, एसले जंगलीराजको झल्को दिन्छ । लोकतन्त्रमा यस्तो हुन सक्दैन, उनले भने । 

कार्यसम्पादन मूल्यांकनमा कीर्ते गरेको भन्दै सरकारले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सोमबार सिलवाललाई नियन्त्रणमा लिएको हो । सर्वोच्च अदालतको आदेशपछि सोमबार साँझ सिलवाललाई अदालत नबुजाई प्रहरीले बालकुमारी लगेर छाडेको थियो । अपहरण मुक्त भएपछि आफू बिएण्डबी आएको सिलवाले बताए । 

प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सोमबारै उक्त रिटमा सुनुवाइ गर्दै सिलवाललाई सर्वोच्चका रजिस्ट्रारको रोहवर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा थुनामुक्त गरी जहाँ राखिएको भए पनि तुरुन्तै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। प्रहरीले सिलवाललाई अदालतमा उपस्थित भने गराएन।

‘दिनभरि मलाई नियन्त्रणमा लिएर उनीहरूले जे सोधे, मैले त्यसको जवाफ दिएको छु। मेरो युनिमर्फमा एउटा पनि दाग छैन। मैले गरेका काम नागरिकको अगाडि छ। मेरो लडाइँ पदका लागि होइन, न्यायको लागि हो। म अन्तिम समयसम्म लडिरहन्छु। न्यायालयले जे भन्छ त्यो मानेर अघि बढ्छु,’ उनले भने।

कार्यसम्पादन विवरण कसरी बाहिर आयो, त्यो सम्बन्धित जिम्मेवार व्यक्तिहरूसँग अनुसन्धान गर्नुपर्ने सिलवालको भनाइ छ। आफूमाथि अनुसन्धान गर्ने हो भने पनि प्रक्रियाबाट आउनुपर्ने उनले बताए।

‘मलाई अपहरण शैलीमा उठाएर अनुसन्धान गर्ने काम गरे,’ उनले भने, ‘मेरोविरुद्ध जबर्जस्ती कागजमा सही गर्न लगाउने, मान्छेहरूलाई मविरुद्ध स्टेटमेन्ट दिन लगाउने। ममाथि आरोपहरू लगाउने। यो कहाँको रुल अफ ल हो / यो त केबल जंगली राज मात्र हो । लोकतान्त्रिक मुलकमा यसको अन्तको लागी पनि मेरो लडाँई जारी रहने छ /

Post a Comment

0 Comments