Subscribe Us

घैंटेको मित बस्नेतको निर्देशनमा दावा माथी गोली प्रहार !

काठमाडौं । आज बिहान गुज्यश्वरी नजिक दिब्या पार्टी प्यालेसमा भएको गोली काण्डमा राजधानीका अर्का गुण्डा नाईके समिरमान बस्नेत समुहको हात रहेको रहस्य खुलासा भएको छ । 

घैंटे भनिने कुमार श्रेष्ठको ईन्काउन्टर पश्चात फरार रहेका बस्नेत दिल्लीमा बसेर काठमाडौंमा गोली प्रहार गर्न लगाईको स्रोतको दाबी छ । 

स्रोतका अनुसार लामालाई गोली चलाउने सितापाईलाका लोपसाङ लामा हुन । लोपसाङ बस्नेत ग्याङको सदस्य हुन ।  

घैंटे ईन्काउन्टर पश्चात ज्यान जोगाउन नेपाल छाडेका बस्नेत बुटवलका अर्का गुण्डा नाईके मनोज पुनसँग अहिले नयाँ ग्याङ खडा गरेर नेपाललाई त्रासमा राख्दै  अण्डरवल्ड डन बन्ने सपना सजाएका छन् स्रोतले भन्यो ।  

त्यहि सपना बोकेर दुई महिना अगाडी बुटवलमा यहि समुहले युवासंघका नेता दुर्गा तिवारीको हत्या गरेको थियो । 

आज त्यहि प्रकृतीबाट गुज्यश्वरीमा लामा माथी गोली प्रहार भएको छ । घैंटेका मित समेत रहेका बस्नेत र लामा समुहको यस अगिपनि धेरै पटक ग्याङ फाईट परिसकेको छ । 




Post a Comment

0 Comments