Subscribe Us

काठमाडौंमा नागराजको जगजगी,
अनुसन्धानमा छौ सिआईबी

काठमाडौं । क्रिकेटको इन्डियन प्रिमियर लिग (आइपीएल) सुरू भएपछि नेपाली बजारमा पनि बुकी खेल्न खेलाउन सुरू भएको छ । 

अन्डरवल्र्ड डन दाउद इब्राहिमले सञ्चालन गरेको बुकी विश्वभर जुवाका रूपमा फस्टाउँदो छ । केही वर्षयता भारतीय माफियाले नेपालमा बुकी खेलाउँदै आएको छ ।

स्रोतका अनुसार नेपालमा एक दर्जन बुकीका नाईके छन् भने, सयौंको सख्यामा बुकीको पैसा जिम्मा लिने दलाल पनि छन् । 

पछिल्लो समय क्यासिनोमा जुवा खेल्ने र खेलाउने नै बुकीमा सक्रिय रहेको प्रहरीको अध्ययन छ । भारतीय नागरिक नागराज भन्ने अमित अग्रवाल, सेण्ठी भन्ने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । गत बर्ष भागेर भारतको गोवा पुगेका नागराज आइपीएल विबुकीका लागि काठमाडौं छिरेका छन् ।

क्रिकेटका साना तथा ठूला प्रतियोगितामा हारजितको पूर्वानुमान गरेर जुवा खेलाउने मुख्य नाइके नागराज बाँसबारीस्थित आफ्नै घरबाट सट्टा बाजी अर्थात् बुकीको खेल खेलाउन थालेका छन् । यस्तो खेल खेलाउन र बाजी राख्न दर रेट भने नेटबाटै सार्बजनिक गरिन्छ । 

सोमवार हुने गईरहेको किङ्स पन्जाब बिरूद्ध आरसी बैङलोर गेममा आरसी बैङलोरको जित भए एक लाखको एक लाख ६० आउने र पन्जाबले बिजय भए एक लाखको दुई लाख तिस हजार हात पार्ने सुरू रेट सार्बजकि भएको छ । यो रेट गेमको अबस्था हेरेर थपघट हुदै जाने बुकी खेल्नेहरू बताउँछन् । 

भारतीय प्रहरीले क्रिकेटमा हुने सट्टाबाजविरूद्ध कडाइ गरेपछि नागराज काठमाडौंमा बसेर धन्दा चलाइरहेका छन् । नागराजले देशभरका सट्टाबाज समूहसँग समन्वय गरी क्रिकेट प्रतियोगिताका हारजितमा जुवा खेलाइरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई आश्रयस्थलका रूपमा प्रयोग गर्दै भारत, दुबई र पाकिस्तानका सट्टाबाजले धन्दा चलाउने गरेको पाइएको छ। 

नेपालमा रहेका बुकी जुवाका लागि पैसाको लेनदेन गर्ने व्यक्ति कमलेश अग्रवाल, चुन्नु राठी, लोकमान लोहिया, अनिल वाहेती, अशोक दाँते र मुन्ना नाम गरेका व्यक्तिले नागराजको इसारामा काम गर्दै आएको दाबी स्रोतको छ । 

पछिल्लो समय बुकीको अनुसन्धानमा अपराध महाशाखा र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो जुटेको छ । व्यूरोले बिषेश अनुसन्धान गरिरहेको जनाएको छ । व्यूरोका एक अधिकृतका अनुसार सट्टा बाजिमा सिआईबीले गम्भिर रूपमा अनुसन्धान भइरहेको छ । 

‘केही प्रमाण जुटेका छन् केही जुटाउदै छौ, चाँडै नै हामी यसका नाईकेलाई पक्राउ गर्नेछौं’, सीआइबी अधिकारीले भने,‘तिव्र खोजीमा कुनै कमी हुने छैन ।’ गत बर्ष आईपीएलमा नेपालबाट ६० करोड रूपैयाँ हुन्डीमार्फत बाहिरिएको थियो। काठमाडौंमा बसेर बुकी सञ्चालन गर्ने नागराजको विषयमा महानगरीय प्रहरी जानकार भएपनि सट्टा बाजीका नाईकेलाई कानुनी दायरा नल्याएपछि प्रहरी नै शंकाको घेरामा परेको छ । 

Post a Comment

0 Comments