Subscribe Us

दरबारमार्ग बृत्तका तेस्रो लिङ्गी ग्याङको गाईजात्र


काठमाडौं । प्रहरीले अनाबाश्यक दुःख र यातना दिएको भन्दै मंगलवार दिउसो एक हुल तेस्रोलिङ्गी समुहले महानगरीय प्रहरी बृत्त दरबारमार्गमा गाईजात्रा देखाएका छन् । 

दिउसो १ बजे तिन दर्जनको हाराहारीमा आएका तेस्रो लिङ्गी समुहले दरबारमार्ग बृत्तको गेटमा जम्मा भएर प्रहरी बिरुद्ध नाराबाजी गर्दै निर्वस्त्र भएका थिए । 

निर्वस्त्र भएर नाराबाजीमा उत्रिएका समुहलाई प्रहरीले तत्काल भित्र लगेर कपडा लगाउन लगाएको थियो । 

सार्बजनिक मुद्दा चलाउने प्रहरीको चेतावनी पछि सो समुहले कपडा लगाएको बृत्तका एक प्रहरीले बताए । 

समुहले प्रहरी चोर भन्दै नाराबाजीमा उत्रिका थिए । प्रहरीले अनाबाश्यक दुःख दिएको, घर,घरमा छिरेर कुटपिट गरेको बाटोमा हिड्दा दुब्याहार गरेको आरोप उनिहरुको छ । 

Post a Comment

0 Comments