Subscribe Us

डिआईजी सिलवालको सुराकी गर्ने हेटक्वाटरका दुई प्रहरी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी ) प्रमुख तथा डिआईजी नवराज सिलवालको सुराकी गर्न खटिएका दुई प्रहरी पक्राउ परेका छन् । 

ठमेलबाट डिआईजी सिलवालको पिछा गर्दै सानेपा पुगेका उनिहरुलाई डिआईजी सिलवालले पक्राउ गरेका हुन । 

पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक सुरज श्रेष्ठ र प्रहरी जवान दिनेश केवट रहेका थिए । पक्राउ परेका सुराकीद्धयले आईजीपी सचिवालयका डिएसपी भूपेन्द्र खत्रीको आदेशमा सुराकी गर्न आएको बयान डिआईजी समक्ष दिएका छन् । स्रोतका अनुसार आइजीपी प्रकाश अर्यालको आदेशमा डीएसपीहरु भूपेन्द्र खत्री र सविन प्रधानले डिआईजी सिलवालको सुराकी गर्न एक महिना देखी नै प्रहरी खटाउँदै आएका छन् । 

  हतियारसहितको टोली सिलवालको सुराकीमा खटाइएको फेलापरेपछि उनले आजै मानवअधिकार आयोगमा आफ्नो बाँच्न पाउने मौलिक अधिकारको हनन भएकोले रक्षा गर्न माग गर्दै उजुरी दिएका छन् ।  

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहि हाल स्वास्थ अवस्थाको कारण बिदामा रहेको र प्रहरी महानिरीक्षकको पदोन्नतिको बिषयमा सर्वोच्च अदालतमा मेरो मुद्दा विचाराधीन रहेको अवस्थामा प्रहरी प्रधान कार्यालयबाट ममाथि सर्भिेलेन्स गर्ने, मेरो परिवारलाई तर्साउने, धम्काउने लगायतका कामहरु भइरहेको’ डीआइजी सिलवालले आयोगमा दिएको उजुरीमा उल्लेख छ । बा ७ प ५०९५ नम्बरको मोटरसाइकलमा डीआइजी सिलवालको सुराकी गर्दैआएको अवस्थामा आज असई श्रेष्ठ र जवान केवट फेला परेका थिए । ठमेलमा एक पत्रकारलाई भेटेर फर्किनसाथ सिलवालको पिछा भएको थियो । 

Post a Comment

0 Comments