Subscribe Us

सेनाको एन ए ४८ दुर्घटना,
पाईलट गुरुङको निधन

काठमाडौं । बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई घाईते भएका छन् । 

दुर्घटनामा पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ भने, सुवेदार पूर्णबहादुर खड्का र अनिता आले घाईते भएका छन् । 

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा खसेर दुर्घटना हुन पुगेको थियो । दुर्घटना हुन साथ बिमानमा आगो लागेको थियो ।

तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिन सफल भएको थियो ।  विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए / उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

Post a Comment

0 Comments