Subscribe Us

किर्ते काण्डका मतियार माताको शरणमा

      किर्ते काण्डका मतियारले देउता भाक्न थाले 
काठमाडौं । सरकारी छाप दस्तख्त किर्ते गरेरै डिआईजी प्रकाश अर्याललाई महानिरीक्षकको फुली लगाईदिने मुख्य योजनाकार गृहसचिव लोकदर्शन रेग्मी घटनाक्रम प्रतिकुल हुने संकेतपछि अत्तालिएको खबर छ । 

जनप्रहारलाई प्राप्त सुचना अनुसार यतिबेला गृहसचिव रेग्मी आफु माथि आईपरेको संकट टारिदिन काठमाडौं उपत्यकामा रहेका शक्तिपीठ धाउनमा ब्यस्त रहेका छन । ग्रहदशा बिग्रिएको र ठुलो संकट पर्ने ज्योतिषको भविष्यवाणी र सर्वोच्चमा प्रधानन्यायाधीश शुसिला कार्कीको पूनरागमनपछि अत्तालिएका गृहसचिव रेग्मी शनिबार मध्यान्हमा दक्षिणकाली पुगेका थिए । 

स्रोतका अनुसार एक्लै दक्षिणकाली पुगेका रेग्मीलाई स्थानिय प्रहरीले सुरक्षा प्रदान गरेको थियो । दक्षिणकालीमा हुने मध्यान्हको नियमित पुजापछि पहिलो दर्शनधारी बनेका गृहसचिव रेग्मीले मन्दिरका पुजारीसँगै बिशेष पुजाअर्चना गरेका थिए । स्रोतका अनुसार हतास र निरास देखिएका रेग्मीले कसैसँग केही नबोली पुजा सकेर फर्किएका थिए । 

सरकारले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय बिरुद्ध सर्वोच्च गएका डिआईजी नवराज सिलवालको आदेशमा स्पष्टसँग उल्लेख भएका विवरणलाई आफु अनुकुल ब्याख्या र सरकारी गोप्य कागजपत्र समेत किर्ते गर्नेमा गृहसचिव रेग्मी मुख्य योजनाकार बनेको स्रोतले दाबीगर्दै आएको छ । 

सर्वोच्चको चैत्र ८ को आदेशपछि २० दिनसम्म चुपचाप बसेको मन्त्रिपरिषद्ले महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठको संयोजक्तवमा चैत्र २८ गते गृहसचिव रेग्मी सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, कानून सचिव कमलशाली घिमिरे र एआईजी दिनेशचन्द्र पोखरेल सदस्य रहेको समिति गठन गरेको थियो । सोही समितिले डिआईजी अर्यालले बढि अंक ल्याएको प्रतिवेदन सरकारलाई दिएपछि मन्त्रिपरिषदले सोही दिन मध्यरातमा डिआईजी अर्याललाई महानिरीक्षक बनाएको थियो ।

किर्तेका मतियारलाई सरकारको उपहार 

सरकारले महानिरीक्षक नियुक्तीमा गरेको भूल सुधार गरेको सर्वोच्च अदालतले मुख्य निर्णय सुनाउनु अघि आदेश गर्दै लोकसेवा आयोग, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट २४ घण्टामा कासमू फाईल मगाएर अध्ययन गरेको थियो । चैत्र ८ को अदालतको आदेश सबै सरकारी दस्तावेजको अध्ययनपछि सुनाईएको थियो । आदेशको पूर्णपाठमा स्पष्ट शब्दमा डिआईजी सिलवालको अंक बढि रहेको उल्लेख भएपनि सरकारले एकपछि अर्को भूल गर्दै गयो । जसको पछिल्लो परिणाम सरकार मुख देखाउन लजाउनुपर्ने अवस्था सृजना भएको छ ।

तर सरकारलाई किर्ते गरेर बनाएका आईजी अर्यालले सिलवाल ठिक पार्छन भन्ने योजनामा भुलाउने मुख्य मतियार भने एकपछि अर्को उपहारबाट पुरस्कृत भै रहेका छन । सरकारलाई आईजिपी नियुक्तीमा सहयोग गरेका विवादित सचिव टंकमणि शर्मा महालेखापरिक्षकमा सिफारिस भएका छन । यस्तै सरकारले कानूनुसचिव कमलशालीलाई उधारोमा आयोग वा अदालतको पुरस्कार दिएको  छ । यस्तै एआईजी दिनेशचन्द्र पोखरेललाई प्रहरीको मेडिकल कलेज र अवस्था हेरेर उनको निजी स्वास्थ्य संस्थालाई संम्बन्धन दिने पुरस्कार बाडिएको हो । 

किर्तेपछिको ताण्डव 
सरकारले अंक थपघटको आरोप लगाएर धरपकडमा उत्रिएपछि अस्वस्थ्य रहेका डिआईजी सिलवाल अस्पताल भर्ना हुन पुगे । बहालवाला डिआईजीलाई पक्राउ गर्न एका बिहानै सशस्त्र गणका एसपी पठाउने देखि मुद्दा चलाउने तयारीसम्मको ताण्डव गरेको सरकारले अन्तमा नसकेपछि प्रधानन्यायाधीश कार्कीलाई महाभियोगसम्मको अन्तिम अश्त्र प्रयोग गरेको थियो । सरकारको अन्तिम अश्त्रको प्रभाव उल्टो र प्रतिकुल सिद्धभएपछि अन्यौलमा रहेको सरकार अब बैशाख २८ मा आउनसक्ने सर्वोच्चको अर्को फैसालाको कारण अत्तालिएको छ ।

Post a Comment

0 Comments