Subscribe Us

कुख्यात डन चक्रे र मनाङ्गे एउटै खोरमा

राजधानीका दुई कुख्यात डन चक्रे मिलन भन्ने मिलन गुरुङ र दिपक मनाङ्गे उफ राजिब गुरुङ एवटै खोरमा थुनिएका छन् । 

दुई दशक देखी जानी दुस्मनीका रुपमा यभिएका यि डन एकै पटक एवटै खोरमा बस्ने गरी पक्राउ परेको संभबत पहिलो पटक हो ।

अदालतको आदेशले थुनामा जानु पर्ने अबस्था सिर्जना भए चक्रे सेन्टर जेल पुग्थे भने मनाङ्गे सदरखोर डिल्लीबजार जान्थे । सदरखोरलाई आफ्नो अखडा बनाउँदै आएका मनाङ्गे र सेन्टरजेल आफ्नै ठान्ने चक्रे तिन दिन देखी काठमाडौं परिसरको हिरासतमा छन् । 

उमेरले ५० को हाराहारीमा पुगेका यि दुई डनका कारण कुनै समय काठमाडौं प्रहरीलाई सुरक्षा चुनैती नै हुथ्यो । पछिल्लो समय राप्रपाका मनाङ्न जिल्लाका अध्यक्ष समेत रहेका मनाङ्गे र एमाले निकट चक्रे पक्राउ संगै अन्य अधिकांस डनले काठमाडौं छाडिसकेको चर्चा गुण्डा सर्कलमा चलेको छ । स्थानिय निर्वाचनको चुनाबलाई मध्य नजर गर्दै काठमाडौं प्रहरीले राजधानीका अधिकांस गुण्डा र तिनका सदस्यलाई नियन्त्रमा लिन थालेको हो ।  

दुई साता अगाडी देखी चलाएको यो अभियानमा काठमाडौं प्रहरीले सयको हाराहारीमा गुण्डा नाईके र तिनका सदस्यलाई पक्राउ गरी सकेको छ । बिभिन्न राजनीतिक दलका सदस्य लिएका ति गुण्डा नाईके र तिनका सदस्यले निर्वाचनमा सर्बसाधारणलाई त्रासमा राख्न सक्ने आशंका गर्दै प्रहरीले नियन्त्रमा लिएको महानगरीय प्रहरी परिसरका एसएसपी छबिलाल जोशीले बताए । 

पक्राउ परेका अधिकांस गुण्डालाई सार्वजनिक मुद्दामा अनुसन्धान सुरु गरीएको एसएसपी जोशीले जानाए ।  सुध्रिएको दाबी गर्दै आएका गुण्डा र तिनका सदस्यले राजनीतिक आडमा अझै पनि घुमाउरो पाराले सर्बसाधारणलाई त्रासमा राख्ने गरेको ठहर प्रहरीको छ । 

Post a Comment

0 Comments