Subscribe Us

चलचित्र बनाउँदै युवा व्यापारी शाक्य

काठमाडौं । के एस प्रोडक्सन, भिमोसन पिक्चर र पिएमजी पिक्चरले सयुक्त लगानीमा रोमियो एण्ड मुना नामक चलचित्र बजारमा ल्याउने तयारी गरेको छ । 

सामाजिक प्रेम कथामा आधारित चलचित्रको गित अमेरीकामा सुटिङ गर्ने तयारी समेत गरिएको निमार्ण पक्षले जनाएको छ । 

एडभान्स खालका नायक र पुरानै जिवन शैलिमा हुर्किएकी नायिका बिचको प्रेम सम्बन्धलाई चलचित्रमा उर्तान खोजिएको निमार्ण पक्षले जनाएको छ । चलचित्रलाई नरेश केसले निर्देशन गरेका छन् । 

 । चलचित्रमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ नायिकाको भूमिकामा देखा परेकी छिन । चलचित्रमा नायक भने बिनय श्रेष्ठ छन् । ढेड करोडको लागतमा निर्माण हुन लागेको चलचित्रको निर्माता युवा व्यापारी कबिन शाक्य र प्रशन्न गोपाली हुन । यस अगि चर्चित चलचित्र रशेम फिरिरि निमार्ण गरिसकेका निर्माता  शाक्य एक सफल व्यापारी समेत हुन । 

शाक्यले त्रिबेणी रुद्धाक्ष कन्ट्रक्सन, शाक्य ईन्टरप्राईजेज कम्पनी चलाउनुको साथै धादिङमा चामल र तेलको मिल समेत चलाउँदै आएका छन् । चलचित्रको माध्यमबाट समाजलाई परिबर्तन गर्न सकिन्छ भन्ने उद्देश्यसाथ आफूले फिल्मी क्षेत्रमा हात हालेको निर्माता  शाक्यले बताए । 

Post a Comment

0 Comments