Subscribe Us

चाल्र्स शोभराजको मुटुमा नयाँ धड्कन !,
विकिनि किलरकोे नशा–नशामा दौडिरहेको छ नीहिताको रगत

काठमाडौं । ७२ वर्षमा अन्तर्राष्ट्रिय विकिनी किलर चाल्र्स शोभराजले नयाँ धड्कन पाएका छन् । उनको शरिरमा नेपाली युवती उनकी श्रीमति नीहिता विश्वासको रगत दौडन थालेको छ । 

सोमबार शोभराजको मुटुको शल्यक्रिया सफल भएपछि उनले नयाँ जीवन पाएको सुखानुभुति गरेका छन् । उनलाई बचाउनका लागि नीहितासहितको रगत प्रयोग भएको थियो । आइतबार नीहितासहितले रक्तदान गरी शोभराजलाई जीवनदानका लागि योगदान गरेका छन् । 
थाइल्यान्डमा गुलाफी विकिनी लगाएकी टेरेसाको हत्यापछि शोभराजको आपराधीक दुनियाँको यात्राले गति पाएको थियो

कडा सुरक्षा घेराबीच गंगालाल हृदय रोग केन्द्रमा शोभराजको मुटुको शल्यक्रिया डा. रमेश कोइराला नेतृत्वको चिकित्सक टोलीले गरेको थियो । १४ वर्षदेखि नेपाली जेलमा रहेका शोभराज विश्वभर युवती हत्याका कारण कुख्यात थिए । नेपालमा एकजना विदेशी पर्यटक महिलाको हत्या गरेको अभियोगमा उनले २० वर्षको कैद सजाय पाएका थिए । ५८ वर्षको उमेरमा नेपालमा पक्राउ परेका शोभराजले नेपाली विमानस्थलबाट हात्ति समेत छिराउन सकिने अभिव्यक्ति दिँदै नेपाली सुरक्षालाई चुनौति दिएका थिए । 

सन् १९४४ ६ अप्रिलमा फ्रान्समा जन्मिएका शोभराज भियतनामी र भारतीय मानिन्छन् । द स्प्लिटिङ किलरका रूपमा पनि विश्वकुख्यात शोभराजलाई द सेर्पेन्ट भनेर पनि चिनिने गरेको छ । शोभराजले एक दर्जन हत्या गरेका छन् । उनलाई मनोरोगीको संज्ञा पनि दिइने गरेको छ । उनले आफ्नो साहसिक जीवनशैलीका रूपमा हत्याको श्रृङ्खला मच्चाएका थिए । उनकी आमा भियतनामी थिइन् भने बाबु भारतीय थिए । इन्डोचिनामा उनकी आमाका दोस्रा पति फ्रान्सका एकजना सैनिक अधिकारीले शोभराजलाई हुर्काएका थिए ।

पेरिसमा पहिलो पल्ट शोभराज सन् १९६३ मा पहिलो जेल सजायमा परेका थिए । उनको पहिलो सम्बन्ध फ्रान्सकी एकजना परम्परागत महिला चन्तल कम्प्यागनसँग भएको थियो । तर, उनले ति महिलालाई विवाहको प्रस्ताव गरेकै बेला चोरीको कारसहित पेरिस प्रहरीबाट गिरफ्तार भएका थिए । उनी जेलमा भएका बेला चन्तलसँगको सम्बन्ध झाँगिएको थियो र उनीहरूले शोभराजको आठ महिनाको जेलमुक्ति हुनासाथ विवाह गरेका थिए । 

शोभराज १९७० मा भारत आएका थिए । भारतमा पक्राउ परेपछि उनले छुट्नका लागि बाबुसँग रकम माग गरेका थिए । चन्तलसँग मिलेर शोभराजले पर्यटक लुट्ने र हत्या गर्ने कामलाई तिव्रता दिएका थिए । १० भन्दा बढि चोरीका पासपोर्टको प्रयोग गरी आपराधिक दुनियाँमा शोभराज सक्रिय हुँदै गएका थिए । शोभराजको आपराधिक हत्या श्रृङ्खलाको तिव्र निरन्तरता भने थाइल्यान्डबाट सुरू भएको थियो । 

शोभराजको आपराधिक हत्या श्रृङ्खलाको तिव्र निरन्तरता भने थाइल्यान्डबाट सुरू भएको थियो । एकजना भारतीय अजय चौधरीसँगको भेटपछि हत्या श्रृङ्खला बढेको थियो । शोभराज र चौधरीले १९७५ मा एकजना युवतीको हत्या गरेको पहिलो पल्ट स्वीकार गरेका थिए । टेरेसा नोल्टनको हत्या उनीहरूबाट भएको थियो । गुलाफी विकिनी पहिरिएकी उनको हत्या भएको फोरेन्सिक टेस्टबाट पत्ता लागेको थियो । थाइल्यान्डमा नै अर्को हत्या भिटाली हाकीमको हत्या शोभराजले गरेका थिए । जसको लास पटैया भन्ने ठाउँमा भेटिएको थियो । 

नेदरल्यान्डका विद्यार्थीहरू २९ वर्षिया हेन्क विन्तान्जा र २५ वर्षिया कोर्नेलिया हेमकरलाई शोभराजले हङकङमा भेटेका थिए । उनीहरूलाई पनि थाइल्यान्डमा बोलाएर हत्या गरिएको थियो । शोभराजले जाली पासपोर्ट बनाई नेपालमा लेकरेज भन्ने युवतीलाई सँगै ल्याएका थिए । 

उनको यसक्रमको हत्याको श्रृङ्खला बढिरहेको थियो । नेपालमा हत्या गर्नासार्थ उनलाई नेपाल प्रहरीले पक्राउ गरी ज्यान मुद्दा चलाएको थियो । उनको ज्यानमुद्दामा अदालतले जन्मकैद फैसला गरेपछि छुट्नका लागि उनले नेपाली वकिलको सहारा लिएका थिए । सकुन्तला थापाले शोभराजको मुद्दा लिएपछि थापकी छोरी नीहिता विश्वाससँग उनको जेलमा नै भेट भएको थियो र विवाह पनि भयो । 

Post a Comment

0 Comments