Subscribe Us

आन्तरीक राजश्व बिभागका महानिर्देशक शर्मा पक्राउ

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व बिभागका महानिर्देशक चुडामणि शर्मालाई हिरासतमा लिएको छ । 

कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको आरोप लगाउँदै शर्मालाई अनुसन्धानको लागी शुक्रवार हिरासतमा लिएको हो । 
कर निर्धारणका विषयमा बयान लिन आयोगले शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो । 

आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरेका छन् । कर फछ्र्यौट आयोगमार्फत् विभिन्न व्यापारीलाई गैर कानुनी तरीकाबाट करछुट दिएको आरोप लगाउँदै शर्मा बिरुद्ध आयोगमा दर्जनौं उजुरी परेको थियो । शर्मा एनसेन मोबाईलको कर प्रकरणमा समेत जोडिदै आएका छन् । 

Post a Comment

0 Comments