Subscribe Us

दुबईमा नेपाली ठग

काठमाडौं । सप्तरीका अस्रंभ साह ७ बर्ष अगाडी वैदेशिक रोजगारको लागी दुबई पुगे । दुबई पुगेर केही बर्ष मजदुरी गरेका साह एका एक साहिल साहको नामबाट कुख्यात बन्न पुगे । 

वैदेशिक रोजगारी र भ्रमणको लागि विदेश पुगेका नेपाली युवालाई नै ठगी गरेर साहिल दुबईमा बिलासिताको जिन्दगी जिउन थाले । मजदुरी छाडेर अहिले साहिल रोजगारी र भ्रमणमा दुर्बइको आवुधाबी पुगेका नेपाली र भारतीय युवालाई योजनाबद्ध तरीकाबाट ठगी गर्दै आएको प्रमाण जनप्रहारले प्राप्त गरेको छ । 

एक कम्पनीमा काम गरीरहेका व्यक्तिलाई अर्को कम्पनीमा राम्रो र बढी तलब दिलाईने नाटक रच्दै साहिलको समूहले सोझा सिधा युवालाई ठगी गर्न थालेको छ भने भ्रमणमा दुबई पुगेकालाई पनि जागिर लगाई दिने भन्दै ठगी गर्न थालेका छन् । स्रोतका अनुसार साहिल त्यहाँका डनका रूपमा चिनिएका मुन्ना भाईको शरणमा छन् । मुन्ना भाईको शरणमा बसेका कारण उनी पीडितको पन्जाबाट बचिराखेका छन् । 

वैदेशिक रोजगारको लागी दुबई पुगेका अन्यलाई आफ्नो शिकार बनाउँदै आएका छन् । स्रोतका अनुसार साहिलले सयौंैलाई ठगी गरेका छन् ठगीबाट असुलेको रकमले उनी दुबइएमा बिलासिताको जिन्दगीमा रमाउँदै आएका छन् । 


Post a Comment

0 Comments