Subscribe Us

हवन गरेर सरकारी निवास,
धर्म निरपेक्ष मुलुक बनाएर हिन्दु परम्परा स्थापित गराउँदै बालुवाटार छिरे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जीवनको चौथो पटक सोमबार बालुवाटार निवास छिरेका छन् । २३ जेठमा प्रधानमन्त्री निर्वाचित भएपनि बुढानिलकण्ठबाट नसरेका उनी १३ दिनमा बालुवाटार छिरेका छन् । बालुवाटार छिर्नुअघि उनले पुजापाठ गरेका थिए । 

धर्मकर्ममा विश्वास गर्ने देउवाको अष्टममा राहु रहेका कारण तत्काल बालुवाटारमा नर्छिनका लागि सुझाव दिएका थिए । सोही सुझावका आधारमा उनले बुढानिलकण्ठ छाडेका थिएनन् । 

‘हवन गरेर उहाँ निवासमा छिर्नु भएको छ, अब काम पनि तदारूकताका साथ गर्नुहुनेछ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘अहिलेसम्म खास कामको थालनी नगर्नका लागि उहाँलाई सुझाव थियो ।’

धर्म निरपेक्ष मुलुक भएपनि हिन्दु धर्ममा निक्कै विश्वास गर्ने देउवाले आफ्ना ग्रहगोचरका आधारमा नै निर्णय लिने गरेका छन् । यसबीचमा बालुवाटारको हरेक चीजको मर्मत सम्भागर गरी सुत्ने, बस्ने स्थान पनि बास्तुअनुसार तयार पारिएको छ । यो तयार पार्नका लागि देउवापत्नी तथा कांग्रेस सांसद आरजु राणा देउवाको निर्देशन थियो । आरजुले देउवाले बुढानिलकण्ठमा धार्मिक र बास्तुअनुसार बस्ने, सुत्ने, वैठक गर्ने ठाउँको प्रयोग जसरी गरेका थिए बालुवाटारमा पनि त्यस्तै तयार पार्न लगाएकी छन् । 
  
प्रधानमन्त्रीका नीजि सचिव भानु देउवाले प्रधानमन्त्री देउवा सरकारी निवासमा सर्न सरेको जनाए । राहुको प्रभावका कारण सोमबार विहान मात्रै उनी बालुवाटार सरेका हुन् । अष्टमको राहुले देउवाका काममा वाधा गर्ने तर सोमबारपछि ति सवै वाधा फुक्ने ज्योतिषिले बताएका थिए । देउवाले प्रधानमन्त्री निर्वाचित भएपछि चुनावका लागि गरेको निर्णयमा केही बाधा आएका थिए । तर, आइतबार साँझदेखि ति बाधाहरू विस्तारै खस्किन थालेको राजनीतिक रूपमा पनि देखिएका छन् ।

देउवाले प्रधानमन्त्री निर्वाचित भएपछि बालुवाटार सर्ने साइत ज्योतिष अंगीरस न्यौपानेसँग सोधेका थिए । यता धर्मकर्ममा विश्वास गर्ने प्रधानमन्त्री देउवाले ज्योतिषिको सल्लाहमा नै सचिवालय गठन गरेका छैनन् । सरकारी र नीजि सचिवालयमा उनले पदाधिकारी राखेका छैनन् । मंगलबारदेखि उनले सचिवालयमा नियुक्ति गर्ने तयारी भएको प्रधानमन्त्री नजिककाले बताएका छन् । 

Post a Comment

0 Comments