Subscribe Us

हत्ते गर्ने फत्ते नगर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याविनेटमा रहेर केही मन्त्री बाहेकले हल्ला गर्ने तर काम नगर्ने चरित्र उदाङ्गो पारेका छन् । 

कुनै काम गर्नुप¥यो भने हत्ते गर्ने तर फत्ते नगर्ने चरित्र भएकाहरू राम्रै पव्लिक फिगर पनि मानिन्छन् । ति मध्यका एक हुन्, कांग्रेसका गगनकुमार थापा । 

जो बढि हल्ला गरी मिडियामा आउने तर भित्र भित्रै शक्तिकेन्द्र धाउनेमा पनि अभ्यस्त छन् । आफ्ना मन्त्री कालका उपलव्धि पत्रकार सम्मेलन गरी सुनाएपनि थापा धेरै ठाउँमा चुकेका थिए । 

औषधि आयातकर्ताले २२ सय प्रतिशत मुनाफा खान्छन् भन्ने आरोप लगाएका उनले त्यसलाई पुष्टि गर्न सकेनन् । औषधि व्यवसायीहरूको सधै मानमर्दन गरेका गगनलाई तिनै व्यवसायीहरूले पटक–पटक औषधिको मूल्य निर्धाण गर्न दवाव दिँदा स्वदेशी सीमित औषधि व्यवसायीको पछाडि लागेर आर्थिक लाभ लिएको आरोप पनि लागेको छ । 

उनलाई औषधि उत्पादकहरूसँगको मिलोमतोमा ठूलो पैसा चलखेल गरेको आरोप पनि लागेको छ । नेपाली उत्पादकहरूको उत्पादन मूल्य र विक्री मूल्यबीचको फरकमा गगन थापा सधैँ मौन रहे । स्वदेशी औषधि उत्पादकहरूले जनतालाई आफू खुसी महँगोमा औषधि विक्री गरिरहेका विषयमा मौन बसेका उनले राम्रै रकम पाएको आरोप छ । 

गगनले मन्त्रालय सम्हाल्ने क्रममा निक्कै काम गर्ने लक्ष्य राखेका सर्वसाधारणलाई निराश पारेका छन् । उनले सरकारी अस्पतालमा हुने भ्रष्टाचार नियन्त्रण र नियमन गर्न पनि सकेनन् । स्रोतले भन्यो,‘गंगालाल हृदय केन्द्र र मनमोहन कार्डिस्क सेन्टरमा एक पैसामा औषधि (प्रतिट्याब्लेट) खरिद गरेर ५ देखि ८ रूपियाँसम्म बेच्ने गरिन्छ । यो अनियमितताका बारेमा जानकारी दिँदा पनि स्वास्थ्यमन्त्रीले केही गरेनन् ।’स्वास्थ्यमन्त्रालय राम्रो आम्दानी हुने मन्त्रालयमा स्थापित रहेको छ । प्रायः कर्मचारी पनि सोही मन्त्रालयमा सरूवाको चासो राख्छन् । 

खरिद विक्रिमा पनि ठूलो चलखेल हुने ठाउँमा गगनले केही गर्न सकेनन् । आपूर्ति महाशाखाले खरिद गर्ने औषधिको कच्चा पदार्थ गुणस्तरयुक्त नभएर औषधि हाहाकार हुने अवस्था सृजना भएको आपूर्ति महाशाखाका निर्देशक डा.भीमसिंह तिङ्करीले भन्दा पनि मन्त्री थापाले चासो दिएनन् । मन्त्री गगन थापालाई विज्ञहरूको टोलीले प्यारासिटामोलको खरिद मूल्य ३६ पैसा प्रतिट्याब्लेट भनेर प्रतिवेदन बुझाएको थियो । तर, आपूर्ति व्यवस्थापन महाशाखाबाट ४८ पैसामा प्रतिट्याब्लेट प्यारासिटामोल नेपाली उत्पादकसँग १२ करोड ट्याब्लेट खरिद गरेका थिए । त्यहाँ सिधै १ करोड ४४ लाख कमिशन आएको जनाइएको छ । 

यस्ता धेरै पपुलर कार्यक्रम घोषणा गर्ने र कुनैमा पनि काम नगर्ने प्रवित्तिले १० महिनासम्म स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हालेका थापाले काम गर्न नसकेको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । ‘उहाँ भाषण राम्रो गर्ने, सुझाव राम्रो दिने तर काम भनेचाहीँ केही नगर्ने, ठेकेदारहरूसँग उठबस गर्ने मान्छे भन्ने चिनियो ।’, स्वास्थ्यका एक अधिकारीले भने । 

Post a Comment

0 Comments