Subscribe Us

काठमाडौं मलमा गुण्डागर्दी,
डन गोर्खाली पक्राउ

काठमाडौं । सञ्चयकोषको सुनधारास्थित काठमाडौं मलका ठेकेदार तथा राजधानीका चर्चित गुण्डा नाइके राजु गोर्खाली भन्ने राजेन्द्र गोर्खाली प्रक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौको विशेष टोलिले सोमबार बिहान गोर्खाली र उनका सहयोगी देवेन्द्र केसीलाई पक्राउ गरेको हो ।

गुण्डागर्दीको आडमा विभिन्न व्यापारीहरुलाई धम्क्याएर जबर्ज्स्ति रकम असुली गरेको मौखिक तथा लिखित उजुरीका आधारमा उनिहरुलाई पक्राउ गरिएको काठमाडौ प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले बताए । एसएसपी जोशीका अनुसार गोर्खालीसंगै पक्राउ परेका केसीले रकम असुलीमा सहयोग गर्ने गरेको खुल्न आएको छ । 

अध्याधिक टेण्डर बिट गरेर काठमाडौं मल हत्याएका गोर्खालीले व्यापारीलाई चलनचल्तीको भाडा भन्दा दश गुणा बढी भाडा बिद्धि गरेका थिए । उक्त भाडा व्यापारीले तिर्ने नमानेपछि पछिल्लो समय काठमाडौं मलका व्यापारी र गोर्खालीबिच लफडा सुरु भएको थियो । 

काठमाडौ प्रहरीले पक्राउ परेका दुबैजनालाई केही सार्वजनिक अपराध मुद्दामा अनुसन्धानको लागि म्याद लिन जिल्ला प्रशासन कार्यालय काठमाडौमा उपस्थित गराउने तयारी गरेको छ। गुण्डागर्दी विरुद्ध आक्रामक नीति लिएको काठमाडौ प्रहरीले पहिलो चरणको निर्वाचन अगाडि राजधानीकै चर्चित गुण्डा नाइकेहरु दिपक मनाङे, चक्रे मिलन लगायत दर्जनौलाई पक्राउ गरेर कारबाही गरिसकेको छ।

Post a Comment

0 Comments