Subscribe Us

जुवा अखडामा किन सुन्दरी ?

काठमाडौं । प्रहरीले नेपालीलाई क्यासिनो प्रवेशमा कडाई गरेपछि उपत्यकाको टोल–टोलमा अवैध जुवा अखडा खोलिएका छन् । क्यासिनोमा नेपालीलाई प्रवेश गराए क्यासिनो सञ्चालकलाई समेत अनुसन्धानको दायरामा ल्याउन थालेपछि क्यासिनो स्वयम्ले नेपाली प्रवेशलाई बन्देज लगाएको छ । 

त्यहि मौका छोपी केही दलालहरूले क्यासिनोकै शैलीमा मिनी क्यासिनो नाम दिएर जुवा अखडा थापेका छन् । विदेशी ह्वीस्किदेखि सुरा सुन्दरीको तामझाममा सञ्चालन हुँदै आएको यस्ता अखडामा प्रहरी र सेनाकै लगानी हुने गरेको स्रोतको दाबी छ । 

जुवाडेहरू पनि प्राय सेना र प्रहरीकै उच्च अधिकारी हुने गरेको एक जुवाडे बताउँछन् । गत साता ललितपुरको सानेपास्थित एक निजी घरमा सञ्चालित अवैधानिक जुवा अखडामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले छापा मारी २३ जनालाई पक्राउ गरेको थियो । 

प्रहरीले जुवा अखडाका तीन सञ्चालकमध्ये दुई जनालाई पक्राउ गरेपनि एक भने फरार छन् । सञ्चालक कपिल नागपाल र तारा शर्मा पक्राउ परेपनि रमेश अग्रवाल भने फरार छन् । जुवा खालमा प्रहरीले करिब ६ लाख रूपैयाँ बरामद गरेको थियो ।क्यासिनोमा राखिने क्वाइन, तास बाड्न र हुस्की सप्लाई गर्न युवती समेत राखिएको थियो । यहि तरीकाले उपत्यकका टोल टोलमा जुवा अखडा सञ्चालन हुदै आएका छन् । पछिल्लो समय दलालहरूले सुरक्षीत स्थलको खोजी गर्दै रिसोर्ट र अपाटमेन्टलाई जुवा अखडा थाप्न थालेका छन् । 

जुवाको अखडा थाप्ने दलालहरूलाई प्रहरीले विषेश निगरानी राखेपछी प्रिपेड जुवा हाउसको नाम दिदै दलालहरूले रिसोर्ट र अपार्टमेन्टको कोठामा जुवा खेलाउन थालेका हुन् । टोल–टोलमा खोलीने अखडाको बारेमा स्थानीयले प्रहरीलाई खबर गर्न थालेपछि अहिले जुवा खेल्नको लागी सुविधा सम्पूर्ण अमार्टमेन्ट र रिसोर्टको कोठा बुक हुन थालेको स्रोत बताउँछ । 

स्रोतका अनुसार रानीवारीस्थित ओशो रिसोर्ट अहिले जुवाडेको लागि सुरक्षीत अखडाको रूपमा परिणत हुन थालेको छ । राम्रै आम्दानी हुने भएपछि रिसोर्ट मालिकै संरक्षणमा त्यहाँ जुवा खेलाउन थालिएको एक कर्मचारीले बताए । त्यहाँ अशोक श्रेष्ठको समूहले जुवा खेलाउँदै आएको छ । अवैध रूपमा अमेरीकामा मानवतस्करी गर्दै आएका गोपाल बुढाथोकी, रामकृष्ण कुवँर, मिलन लामाको समूह त्यस्ता जुवा अखडाका ग्राहक भएको स्रोत बताउँछ । 

यस्तै गैशाला राम मन्दिरका लिला उप्रेतीले पनि ठूलै जुवा अखडा सञ्चालन गर्दै आएका छन् । उप्रेतीले आफ्नै निवास राम मन्दिर तथा भाडमा लिएका घरमा जुवा सञ्चालन गर्दै आएका छन् । एक दिन आफ्नौ घरमा अर्को दिन अर्को घरमा गर्दै उपे्रतीले २० बर्षदेखि जुवाको खाल थाप्दै आएका छन् । राजा ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंहका भाई हरिश सिंहलेसमेत जुवा अखडा सञ्चालन गर्दै आएका छन् । सिंहले विशालनगरमा जुवा अखडा सञ्चालन गरेका छन् । सिंहको जुवा अखडामा राजपरिवारका सदस्य देखि मिटर राजा महेश सिंह, गुण्डाका नाईकेहरूकोसमेत जमघट हुने गरेको स्रोतको दाबी छ । 

बानेश्वरमा रहेको नेत्रकमल छुनामुना विद्यालय अगाडी मदनबहादुर कंडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन् । राजधानीको जुवा अखडामध्ये कंडेलको अखडा टपटेनमा पर्छ । उक्त जुवा अखडामा नेता, कर्मचारी, तस्करी, प्रहरीका हाकिम नै आउने गरेका छन् । व्यापारी अमृत गुरूङ, कानून क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्तिहरू जुवाका पारखी भएको स्रोत बताउँछ । त्यस्तै बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । कमलपोखरीका किरण गौतमलेपनि जुवा अखडा सञ्चालन गर्दै आएका छन् । गत बर्ष उनको कमलपोखरी अखडामा प्रहरीले जुवा खेलाएको भन्दै उनलाई समेत पक्राउ गरिएको थियो ।

Post a Comment

0 Comments