Subscribe Us

पूर्वआईजीपीसहित ४ जना जेल चलान

काठमाडौं । सुडानको घोटाला प्रकरणमा नेपाल प्रहरीका दुई पूर्वआईजीपीसहित ४ जना जेल चलान भएका छन् । 

जेल चलान हुनेमा पूर्बआईजीपीओमविक्रम राणा, हेमवहादुर गुरुङ तथा पूर्ब एआईजी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठ छन् । 

सुडान काण्डमा एक महिना अगाडी र्बोच्च अदालतले उनिहरुलाइ भ्रष्टचार ठहर गरेको थियो । भ्रष्टचार ठहर भएका उनिहरु बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । नीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको थियो ।

पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ ।

पूर्व प्रहरी प्रमुख रमेशचन्द ठकुरीले भने पक्राउ परेका छैनन् । यस्तै श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको थियो ।

Post a Comment

0 Comments