Subscribe Us

ठमेलमा एसएसपी जोशीको स्टिङ अप्रेशन,
एक रेष्टुरेण्टबाटै २२ जना पक्राउ

काठमाडौं । ठमेलका डान्सबार र डिस्कोमाथि प्रहरीले निगरानी बढाएको छ । सामाजिक विकृतिका विषयमा गोप्य रूपमा अनुसन्धान गर्न महानगरीय प्रहरी परिषर काठमाडौंले निगरानी बढाएको हो । 

अश्लिल नृत्य, व्यापारको नाममा धन्दा, लुटपाट, ओभर बिलिङजस्ता बिकृति ठमेलमा बढेको गुनासो प्रहरीकोमा पुगेपछि परिषरका एसएसपी (प्रहरी बरिष्ठ उपरिक्षक) छबिलाल जोशी शनिवार स्थलगत निरक्षणमा निस्केका थिए । 

दरबारमार्गस्थित डेजाबु डिस्कोको निरक्षण पश्चात ठमेल पुगेका एसएसपी जोशीको टोलीलाई नरसिंङचोकस्थित टकिला डान्स रेष्टुरेन्ट बाहिर उभिएका दलालले रेष्टुरेन्टमा गए सबथोक पाईने भन्दै डान्स हेर्न जान अनुरोध गरे । दलालको करकाप पश्चात बार छिरेका एसएसपी जोशीको टोलीलाई अश्लिल अवस्थामा रहेका बारका युवतीले घेर्दै बस्न आग्रह गरेका थिए । 

जबरजस्ती बाटो हिँड्ने बटुवादेखि बिदेशी पर्यटक र व्यापारीलाई रेष्टुरेण्टमा बोलाएर लुट्ने गरेको लिखित र मौखिक उजुरी प्रहरीमा आएको थियो । निरक्षण गर्न एसएसपी जोशी स्वयम ठमेल छिरेका थिए । रेष्टुरेण्टमा दायाँबायाँ युवती बस्न लगाउने र ग्राहकले अर्डर नगरी ति युवतीले आफू खुशी मगाएर खाने र बिलको भुक्तानी भने ग्राहकलाई गर्न लगाउँदै आएका छन् । 

यतिमात्र नभई बिदेशी पर्यटक बिषेश गरी भारतीय मूलका नागरीकलाई होटलमा युवती पठाईदिन्छांै भन्दै देहव्यापारका लागि युवतीको मोलमोलाईसम्म डान्सबार डिस्कोमा हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । ठमेल र दरबारमार्ग क्षेत्रमा खोलिएका अधिकांस डिस्को थेकमा भेटिने युवतीहरु यौनकर्मी भएको प्रहरी स्रोत बताउँछ । 

ति युवतीहरु हेर्दा राम्रै घर परिवारको जस्ता देखिए पनि डिस्कोका सञ्चालकहरुले ग्राहक लोभ्याउन सजाईएका यौनकर्मी हुन । यस्ता यौनकर्मीलाई डिस्कोका सञ्चालकहरुले तलब र खानपान सुबिधा समेत दिदै आएका छन् । यस्ता किसिमको गतिबिधीमा समेत काठमाडौं परिषरले बिषेश निगरानी राखेको छ । 

Post a Comment

0 Comments