Subscribe Us

सफल होलान त सर्बेन्द्र ?

काठमाडौं । एक दशक देखी उपत्यकका बासीको चिन्ताको बिषय बनेको छ सडक जाम । जाम कै कारण महत्यपूर्ण समय सडकमा बित्न थालेको छ । 

पिक आवरको समयमा त झन एक किलोमिटर दुरी पार गर्न कहिले एक घण्टा सम्म जाममा थन्किनुको बिकल्प छैन । 

सडक जति नै चौडा बनाउदै गएपनि व्यवस्थापन गर्ने निकायको कमजोरी र सडक चालकको लापरवाहीको कारण राजधानी सहित उपत्यकाकै सडक अस्तब्यस्त मात्र होईन पटट्यार लाग्दो ट्राफिक जामले दैनिक लाखौ जनता मारमा परेका छन् । 

झन पछिल्लो समय मेलम्चीको खानपानीको लागी पाईप गाड्न खनिएको खाल्डोले त झन राजधानीका सडक पानी परे हिलाम्मे र घाम लागे धुलाम्मे बन्ने पुगेको छ । जसको चपेटाबाट राजधानी बासी पिल्सिएका छन । 

दुई साता अगाडी गृहमन्त्री जर्नादन शर्माले तिन महिना भित्र उपत्यककाको जाम हटाउछु भनेर संसदमा बोले पनि त्यो जाम हटाउन प्रहरी भित्रको उपयुक्त पात्र खोज्दै एक नम्बरमा डिआईजी सिफारिस भएका तथा भाबी आईजीपीका प्रमुख दाबेदार एसएसपी सर्बेन्द्र खनानलाई राजेका छन । 

मंगलवार  देखी नै महानगरीय ट्राफिक महाशाखामा हाजिर हुने गरी एसएसपी खनाल आएका छन् । के अब एसएसपी खनाल आउने साथ उपत्यककाको ट्राफिक जाम जादु झै कम हुन्छ त ? उपत्यकाको सडकलाई व्यवस्थित बनाउन, सडक जाम कम गर्ने ट्राफिक प्रहरी केही समयको लागी कडा रुपमा प्रस्तुत हुन आबाश्यक छ । 

केही कानुन परिमार्जन गर्दै समय अनुकुल ट्राफिक नियमहरु सुधार गर्न आबाश्यक छ । प्रत्येक चोकमा रहेका ट्राफिक लाईटहरु चुस्त दुरुस्थ बनाउन सक्नु पर्छ । मालबाहक गाडीहरुलाई दिउसोको समयमा उपत्यकका प्रबेश निषेध गर्नु सक्नु पर्छ । मालबाहक गाडीहरु धादिङ नैबिसेमा पार्किङ र भत्तपूरको जगाती आसपास पाकिङको व्यवस्था गर्दै बिहान ८ बजे अगाडी उपत्यका छाड्ने र बेलुका ७ बजे पछि मात्र उपत्यका प्रबेश दिनु पर्छ । 

यो गर्नाले उपत्यककामा ट्राफिक जाममा केही कमि त अबश्य आउँछ, पोलुसनमा समेत  कमि आउँछ । महानगरीय अपराध महाशाखाको प्रमुख भएर सफल भएका एसएसपी खनाल अब के ट्राफिक महाशाखामा सफल होलान त ? प्रतिक्षाको बिषय बन्न पुगेको छ । 

Post a Comment

0 Comments