Subscribe Us

कांग्रेसलाई ११ भाग १०० हानाथाप ,
मन्त्री बन्न कांग्रेसभित्र रूवाबासी, कसैको चेतावनी कसैको दुखेसो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ४० दिन वितिसक्दा पनि नौ सदस्यमा सीमित मन्त्रिमण्डल बिस्तार नहुँदा पार्टीभित्र कतै रूवावासी, कत्तै चेतावनी त कतै दुखेसो गर्न थालिएको छ । माओवादीलगायतका दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको कांग्रेसको भागमा जम्मा ११ मन्त्रालय छन् । 

गत जेठ २३ गते प्रधानमन्त्री बनेका कांग्रेस सभपाति देउवाले एक, दुई दिन भन्दै मन्त्रिमण्डल बिस्तार कार्य एक महिनापछि धकेलेपछि मन्त्रिका आकांक्षीले प्रधानमन्त्री देउवालाई कार्यालय र निवासमा घेर्न थालेका छन् । 

दुई सय ७ जना सांसद रहेको कांग्रेसमा एक सय बढी आकांक्षी छन् भने तीन दर्जन बढी सांसदले मन्त्री हुन मरिहत्ते गर्न थालेका छन् । प्रधानमन्त्री देउवासँग एक मिनेट मात्र भेट गर्न पाउँ भन्दै  प्रधानमन्त्रीका अघोषित स्वकिय सचिव भानु देउवा (नियुक्ति हालसम्म नपाएका)सँग अनुनय विनय गर्ने सांसदको लाईन बालुवाटार र प्रधानमन्त्री निवासमा लाग्ने गरेको छ । 

महालक्ष्मी उपाध्याय डिना, तेह्रथुमकी सीता गुरूङ लगायत जसरी पनि मन्त्री बनाई दिन भन्दै प्रधानमन्त्री देउवासँग लाडिए भाई, नभए ज्वाँईलाई मन्त्री दिनैपर्ने एकल अडानमा रहेका अर्जुननरसिंह केसीले गुट छाड्नेसम्मको धम्की दिए .
राज्यमन्त्री नपाए २ नम्बर प्रदेशमा पार्टीको अवस्था नसुध्रिनेसम्मको धम्की सहँदै मन्त्रीपरिषद् विस्तारका लागि चेपुवाको चुनौति

आफूसँग भेट गर्न आउने अधिकांशलाई प्रधानमन्त्री देउवालले सल्लाह गरूँला भन्दै जवाफ दिन थालेका छन् । तर कतिपयलाई भने तयार हुनु है भनेर आश्वस्त पनि तुल्याएका छन् । तर रूकुमकी मिठु मल्ल, काठमाडौंकी अम्विका बस्नेतले प्रधानमन्त्री देउवासँग रूवावासी गरेका छन् । प्रधानमन्त्री देउवाले उनीहरूलाई अन्याय गर्दिन भनेर जवाफ दिएका थिए । यता महालक्ष्मी उपाध्याय डिना, तेह्रथुमकी सीता गुरूङ लगायतले आफूलाई जसरी पनि मन्त्री बनाई दिन भन्दै प्रधानमन्त्री देउवासँग लाडिएको वालुवाटार स्रोतले वतायो । देउवालाई प्रत्यक्ष निर्वाचित भन्दा मनोनित सांसदले मन्त्री हुनका लागि मरिहत्ते गरेका छन् । 

कतिपय समानुपातिक महिला सांसद र तराईका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आफूलाई मन्त्रि नबनाए दुई नम्बर प्रदेशमा कां्रग्रेस कमजोर हुने चेतावनी पनि दिन थालेका छन् । देउवा गुटभित्र मात्र होइन, नेता रामचन्द्र पौडेल गुटभित्र पनि आफूहरूलाई मन्त्री नबनाईए पार्टी र सरकार नै कमजोर हुने भन्दै धम्कीको भाषा प्रयोग गरिरहेका छन्।  

आठ मन्त्रालयमा ३६ बढी आकांक्षी
नेपाली कांग्रेस र माओवादी केन्द्रको समिकरण बाट बनेको देउवा नेतृत्वको सरकारमा कांग्रेसलाई ११ मन्त्रालय दिने सहमति छ । सहमति अनुसार नेपाली कांग्रेसले तीन वटा मन्त्रालयको जिम्मेवारी बिभागिय मन्त्रीलाई दिइ सकेको छ । बाँकी आठ मन्त्रालयमा देउवाले आफ्नो पक्षधरबाट दुई जना, नेता रामचन्द्र पौडेलको पक्षबाट चार जना, प्रभावशाली नेता खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला गुटबाट एक, एक जनालाई जिम्मेवारी दिने तयारी गरेका छन् । 

पार्टी सभापति समेत रहेका देउवालाई इत्तर गुटका नेताले भन्दा आफ्नैले पिर्न थालेका छन् । उनको गुटलाई अब दुईवटा मन्त्रालय मात्र छन् । एउटा मन्त्रालयमा दुई मन्त्री हुँदैनन् तर आकांक्षी भने तीन दर्जन भएपछि उनीहरूको व्यवस्थापन गर्न सकस परेको भन्दै देउवाले आफू निकटका नेताहरूलाई गुनासो गर्ने गरेका छन् । 

Post a Comment

0 Comments