Subscribe Us

वैरो अध्यक्ष गुरूङका पैसो थुपार्ने चारद्वार

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष रोहन गुरूङले जितेका छन् । उनले निकटतम प्रतिस्पर्धी विमल ढकाललाई ९३ मतान्तरले पराजित गरे । 

गुरूङ संघको महासचिव हुँदा देशी तथा विदेशी सेटिङ बुझेका कारण अब उनले निर्वाचनमा लागेको खर्च केही सातामा नै उठाउने भएका छन् । यति बेला गुरूङको हातमा आम्दनीको मुख्य स्रोत भनेको बायोमेट्रिक, माइग्राम्स, जिएसजी, भिएलएन र वान स्टप सेन्टर रहेको छ । 

गुरूङ महासचिव भएकै समयमा तत्काली श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरूङले निशुल्क भिषा, टिकट लागु गर्ने निर्णय गरे । 

उनकै समयमा बायोमेट्रिक, माइग्राम्स, जिएसजी, भिएलएन र वान स्टरूको रूवाबासी नै भयो । जाने कामदारहरू समेत निकै आर्थिक भारमा परे । आफु महासचिव हुँदा कुनै काम काम गर्न नदिएर बिमल ढकाललाई बलीको बोको बनाएर अध्यक्षमा पराजीत गरेका थिए । 

व्यावसायी ठग्ने चार संस्थालाई कारवाही नगरेको भन्दै तत्कालिन अध्यक्ष ढकालविरूद्ध चुनावी नारा बनाएका गुरूङले तिनै संस्थाको सहयोगमा चुनाव जितेको स्रोतले जनाएको छ । नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्द थपलिायाले पनि गुरूङलाई सहयोग गरेका थिए । थपलियाले भ्रम छरेर दैनिक ५ देखि ७ सय नेपाली कामदारलाई ठग्दै आएका छन् । 

थपलियासहित तीन जनाले सञ्चालनमा ल्याएको इमिग्रेसन सेक्युरिटी क्लिरेन्सको लगानीले जित हात पारेका गुरूङलाई अब आम्दानीको सजिलो बाटो सुरू भएको छ । उनले निर्वाचनको समयमा यस्ता कामदार र व्यवसायी ठग्ने संस्थालाई कारबाही गर्ने बताउँदै आएका थिए । कारवाही गर्छु भनेपनि गुरूङले अब तिनै संस्थालाई अवैधानिक आयस्रोतको बाटो बनाइसकेका छन् । एमाले समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालसँग गुरूङको आवद्धता छ । थपलिया पनि एमाले नै भएको कारण निर्वाचनमा सहयोग पाएका गुरूङका लागि आम्दनीको स्रोत बनेको छ । 

हाल थपलियाले मलेसिया जाने कामदारलाई लुट्ने अर्को संस्था जिएसजी कम्पनी चलाइरहेका छन् । महाराजगन्जस्थित निर्मलनिवास नजिकै कार्यालय रहेको जिएसजी कम्पनीले मलेसियाको इमिग्रेशन सेक्युरिटी क्लिरेन्स सर्टिफिकेटका नाममा प्रति कामदार तीन हजार दुई सय रूपैयाँ लिने गरेको छ । 

यो कम्पनी गोविन्द थपलियाको नामबाट बीचको जि, सुरेशको एस र गोपाल गुरूङको जी शब्दबाट जिएसजी नामाकरण गरिएको हो । यी तीन व्यक्तिको नाममा दर्ता भएको जिएसजी कम्पनीले मलेसिया सरकारको एक अङ्ग भएको भन्दै नेपालमा आइएससी अर्थात् इमिग्रेसन सेक्युरिटी क्लिरेन्स सर्टिफिकेट दिने गरेको छ । रोहनलाई अर्को आम्दानीको स्रोत भनेको माइग्राम्स, भिएलएन र वान स्टप सेण्टरपनि हो । 

यस्तै भिएलएन र वान स्टप सेण्टरले पनि मलेसिया जाने कामदारलाई लुटीरहेको छ । यो पनि संघका पदाधीकारीको मुख्य आम्दानीको स्रोत हो । मलेसिया जाने नेपाली कामदार लुट्ने अर्को संस्था हो भिएलएन र वान स्टप सेण्टर । भिएलएनका नाममा प्रतिव्यक्ति तीन हजार दुई सय लिँदै आएको भिएलएन नेपाल कम्पनीले अहिले यसमा वान स्टप सेन्टर थप गरेर प्रतिव्यक्ति ६ हजार रूपैयाँ असुलिरहेको छ । 

मलेसियाको दूतावासलाई भिसा प्रोसेसिङमा सघाउने गरी भिएलएन नेपाल खडा गरिएको थियो । कामदारको भिषा प्रोसेसिङका लागि पहिला सात सय रूपैयाँ लाग्ने गरेको थियो । भिएलएन नेपाल आएपछि सात सयको मात्र रसिद दिएर तीन हजार दुई सय रूपैयाँ लिइरहेको छ । निर्वाचनको समयमा चुनावी एजेन्डा बनाएका रोहनलाई यताको सेटिङ मिलाउने काम एमालेका केही व्यवसायीहरूले गर्ने भएका छन्  । 

यस्ता संस्थाविरूद्धमा संघले कुनै पनि निर्णय नगरेको खण्डमा उनलाई मनग्गे आम्दानीे हुने भएको छ । बायोमेट्रिकको विषयमा पहिला देखि नै नकारात्म बनेका रोहनलाई यो पटक भने बायोमेट्रिकको साथ रहेन । अरू सबै संस्था उनको आम्दननीको स्रोत बनेको स्रोतको दावी छ । 

Post a Comment

0 Comments