Subscribe Us

बढुवा सिफारिस बिरुद्धको उजुरी खारेज

काठमाडौं, साउन १६ । प्रहरीको बढुवा सिफारिस बिरुद्ध लोक सेवा आयोगमा परेका उजुरी खारेज भएका छन् । प्रहरीको एआईजी, तथा एसएसपी बढुवा सिफारिसको विरुद्धमा एक साता अगाडी आयोगमा उजुरी परेको थियो । बढुवा सिफारिस कानुन सम्बत भएको भन्दै आयोगले खारेज गरेको हो । 

एआईजी बढुवा सिफारिसउपर डीआईजी मधु पुडासैनी, डीआईजी बढुवा सिफारिसउपर एसएसपी सुभाष चौधरी तथा एसएसपी बढुवा सिफारिसउपर एसपी विभूतिराज पाण्डेले आफू अन्यायमा परेको भन्दै आयोगमा उजुरी गरेका थिए । 

उजुरी सुन्ने समितिको अध्यक्षमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली तथा सदस्यमा मुख्यसचिव राजेन्द्रकिशोर क्षत्री र कानुन मन्त्रालयका सचिव कमलशाली घिमिरे छन् । उक्त समितिको निर्णयसँगै बढुवाको बाटो खुलेको छ । 

३० साउनमा बसेको बढुवा समितिको बैठकले ११ जना डीआईजीलाई बढुवा सिफारिस गरेको थियो । त्यस्तै, १५ एसएसपीलाई डीआईजी तथा २५ एसपीलाई एसएसपी बढुवामा सिफारिस गरिएको थियो । जुनियरलाई बढुवा सिफारिस गरेर आफूहरूलाई छुटाइएको भन्दै उनीहरूले उजुरी गरेका थिए । प्रहरी नियमावली–२०७१ मा बढुवा सिफारिसउपर चित्त नबुझे आफ्नो दाबीसहित उजुरी गर्न सक्ने प्रावधान छ । तर, उजुरी सुन्ने समितिलाई नम्बर हेरफेर गर्न सक्ने अधिकार भने कटौती गरिएको छ । 

Post a Comment

0 Comments