Subscribe Us

दबंग ढुंगेल,
अनुसन्धानमा अब्बल

राजनीतिक हस्तक्षेपले नेपाल प्रहरी ‘बुख्याँचा’ संगठनको रूपमा हेरिन थालेको छ । सर्वसाधारणले सुरक्षासहित न्यायको अनुभुत गर्न पाएका छैनन् । राजनीतिक दबाबमा चलाइएको संगठनमाथि जनविश्वास गुम्न थालिसकेको छ । 

ज्यान जोखिममा राखेर देश र जनताका लागि लड्ने सिपाही नेताको कारण सेवाका क्रममा नै ‘सहिद’ बनाइन थालेका छन् । राजनीतिक दलका हतियारधारी कार्यकर्ता पक्राउ गर्दा प्रहरीका हाकिम स्वयम् कारवाहीमा पर्न थालेका छन् ।  

गुण्डा, तस्कर, हत्यारा बलात्कारी, लुटेरा कारवाहीबाट बच्न कोही राजनीतिक ओत लागेका छन् भने कसैलाई भ्रष्ट प्रहरी अधिकृतले नै संरक्षण गर्दै आएको प्रमाण बेला बेलामा फेला पर्ने गरेको छ । 

न्यायको खोजिमा बषौं देखि भैतारिएका र प्रहरी प्रति वितृष्णा जागेका पीडित पक्षका लागि दुई चार जना प्रहरी सुरक्षा प्रतिक बनेका छन् । जसको नाम देशमा मात्रै होइन विदेशमा समेत प्रख्यात छ । हातको औंलामा गन्न सकिने केही यस्ता प्रहरी अधिकृतका कारण नेपालीले न्यायको महसुुस गरेका छन् भने संगठनको गरिमा पनि जोगिएको छ । ती व्यावसायीक प्रहरी अधिकृतका कारण आम नेपालीले आफूलाई सुरक्षित रहेको महसुुस गर्ने गरेका छन् । 


यस्ता अपराधीलाई पक्राउ गर्न नेपाल प्रहरीलाई दलका नेताहरूको अनुमती लिनुपर्ने सतहमै देखिएको छ । दुर दराजमा बर्दीमा सजिएर राईफल भिरेर उभिएको एक सिपाहीले सरकारको प्रतिनिधित्व जनाएकैले जनताले सुरक्षीत महुसुस गर्छन् । तर, यहि सरकार प्रहरीलाई निकम्मा बनाएर आफ्नो कठपुतली बनाउन तल्लिन रहेका पर्याप्त प्रतिनिधि घटना छन् । 

७० हजारको संगठनमा केही यस्ता प्रहरी अधिकृत पनि छन्, जो नेताको गुलामी नगरी ज्यानको बाजी लगाएर जनतालाई सुरक्षा दिएर आपराधीक गतीबिधीमा लागेकालाई कानुनको दायरामा ल्याउन रातदिन खटेका छन् । हत्यारा, तस्कर, अपहरणकारी जस्ता फरार अभियुक्तलाई विदेशबाट समेत खोजेरत ल्याएर कानुनको कठघरामा उभ्याएर लाखौं जनताको मन जित्न सफल भएका छन् । 

न्यायको खोजिमा बषौं देखि भैतारिएका र प्रहरी प्रति वितृष्णा जागेका पीडित पक्षका लागि दुई चार जना प्रहरी सुरक्षा प्रतिक बनेका छन् । जसको नाम देशमा मात्रै होइन विदेशमा समेत प्रख्यात छ । हातको औंलामा गन्न सकिने केही यस्ता प्रहरी अधिकृतका कारण नेपालीले न्यायको महसुुस गरेका छन् भने संगठनको गरिमा पनि जोगिएको छ । ती व्यावसायीक प्रहरी अधिकृतका कारण आम नेपालीले आफूलाई सुरक्षित रहेको महसुुस गर्ने गरेका छन् । 


कुख्यात गुण्डा सुजन पौडेललाई भारतबाट ल्याउने काम देखि सीआईबीमा हुँदा गुण्डाहरूको सम्पत्ती छानबिनमा समेत उनको महत्वपूर्ण भूमिका छ । डाक्टर भक्तमान श्रेष्ठको अपहरणकारी मध्यका एक गुगल गिरीलाई डिएसपी ढुंगेलले विराटनगरबाट पक्राउ गरी ल्याएका थिए । राकेश लिब्बुको हत्या गरी फरार भएका राजधानीका डन राजु गोर्खालीलाई राजनीतिक र प्रहरी अधिकृतले नै संरक्षण दिईरहेको अवस्थामा पक्राउ गर्न सफल भएका थिए । 

पछिल्लो समय नेपाल प्रहरीमा डिआईजी नवराज सिलवाल, एसएसपीद्वय रमेश खरेल, सर्वेन्द्र खनाल, एसपी उत्तम सुवेदी, धिरजप्रताप सिंह, डिएसपी गंगा पन्त, सोमेन्द्र सिंह राठोर, कुमोद ढुंगेललगायत प्रहरी अधिकृतहरूले जनताको मन जित्ने काम गर्दै आएका छन् । तर, राम्रो काम गरेर नाम कमाएका डिआईजी सिलवाललाई भने सरकारले व्यावसायीकतामै सहिद बनायो । जो  करोडौं नेपाली जनता र प्रहरी संगठनको नजरमा सेलिब्रिटी बन्न पुगे । राम्रो र जनताको भावनालाई बुझेर काम गर्न सके प्रहरी पनि सेलिब्रिटी बन्न सक्ने रहेछ भन्ने उदाहरण दिँदै अन्य प्रहरीको लागि ‘रोलमोडल’ बने । तर उनलाई भ्रष्ट सरकारले नेपाल प्रहरीको आईजीपीको रूपमा देख्न रूचाएन । 

पछिल्लो समय न्यायको खोजिमा पाँच बर्षदेखि भौतारिएको एक आमालाई न्याय दिएर डिएसपी ढुंगेल अहिले चर्चाको शिखरमा छन् । रामेछाप जिल्लामा कार्यारत डिएसपी ढुंगेल अनुसन्धानमा दख्खल भएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । 
कुनै पनि संगठनको समय त्यतिबेला बलियो हुन्छ जतिबेला नामले होइन, कामले महत्व पाउँछ । प्रहरी संगठनभित्र रोलमोडलका रूपमा चिनिन थालेका यी प्रहरी अधिकृतको कारण संगठनको गरिमा बढेको छ । 

१४ वर्षीया किशोरीको बलात्कारपछि बीभत्स हत्या गरी फरार श्याम राउतलाई साढे पाँच वर्षपछि पक्राउ गर्न सफल डिएसपी ढुंगेल यतिखेर पीडिकको लागि नायक बनेका छन् । २०६८ माघ ५ गते रामेछापको साविकको सैंपु गाविस–१ सिरिसे, कवैटारकी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थिए । स्थानीय अरूणोदय माविमा ७ कक्षामा अध्ययनरत सुन्तली घाँस काट्न गएको ठाँउमा उनको बलात्कार गरी हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलासा भयो । 

हत्या पछि घटनाको अनुसन्धान गर्न त परै जाउसो डीएसएपी सञ्जीव शर्मा दासले जाहेरी समेत दर्ता नगरी पीडितलाई झन पीडा दिएका थिए । मृतककी आमा डिल्लीमायाले दिएको किटानी जाहेरी पाँच महिनासम्म दर्ता भएको थिएन । सार्वजनिक दबाबपछि जाहेरी दर्ता गरेपनी उल्टै डीएसपी दासले उक्त जघन्य अपराधमा अनुसन्धान नगरी परिवारलाई मिलापत्र गर्न दबाब दिएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगले समेत उक्त घटनामा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएको थियो । चौतर्फी दबाबपछि प्रहरी प्रधान कार्यालयले डीएसपी शर्मालाई जिम्मेवारीबाट हटाएको थियो । जिल्लामा चार डिएसपी गोपालचन्द्र भट्टराई, विमलराज कँडेल, दीपकुमार शाह र मोहन परियारको  परिवर्तन भयो तर कसैले उक्त घटना केलाउन चाहेनन् । जब डिएसपी ढुंगेल रामेछाप पुगे र घटना केलाउन सुरू गरे र उनले सफलता हात पारे संगठनमा हिरो बनेका छन् । यो मात्र होईन उनले रामेछापमा धेरै राम्रा काम गरेर जनताको नजरमा अधिक विश्वास जितेका छन् । 

गत मंसिर ९ गते बिहान जिल्लाको पश्चिमी गाउँ निगालपानीमा एक टाटा सुमो गाडिमा एक युवकलाई जलाए र हत्या गरेको घटनामा समेत डिएसपी ढुंगेलले सफल अनुसन्धान गरेका थिए । काठमाडौंबाट दमक, झापा चल्ने मे१ज २१८७ नम्बरको टाटा सुमोमा झापा लखनपुर गाविस–१ पाडाजँुगीका २७ वर्षीय बिशाल खड्काको हत्या भएको थियो । काठमाडौं–झापा रूटमा टाटा सुमो चलाउँदै आएका खड्काले ऋण काढेर किनेको गाडीले झापामै बसिरहेको परिवार भरथेग चलाएरै आएका थिए । 

खड्कालाई तीन गोली प्रहार गरी गाडी आगो लगाएर हत्या गरिएको घटनामा समेत डिएसपी ढुंगेल अनुसन्धान गर्न सफल भएका थिए । जिल्लामा हुने छुवाछुत प्रथा विरूद्धपनि डिएसपी ढुंगेलले मन्दिरका पुजारीलाई समेत कारवाहीको दायरामा ल्याएका छन् । मन्दिरमा तल्लो जात प्रवेश ग¥यो भन्दै पुजारीले मन्दिरमा रूद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै  कृष्णकुमार विश्वकर्मासँग पाँच हजार रूपैयाँ असुलेका थिए । 

मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा डिएसपी ढुंगेलले ‘मन्दिर कसैको पेवा नभएको’ भन्दै मेलमिलाप नभए छुवाछूत मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही गर्ने भन्दै पुजारीलाई सचेत गराएका थिए । रामेछापमा मात्र नभए महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा सिआईबीमा कार्यरत रहँदा समेत डिएसपी ढुंगेलले उल्लेखनीय कामहरू गरेका छन् । 

कुख्यात गुण्डा सुजन पौडेललाई भारतबाट ल्याउने काम देखि सीआईबीमा हुँदा गुण्डाहरूको सम्पत्ती छानबिनमा समेत उनको महत्वपूर्ण भूमिका छ । डाक्टर भक्तमान श्रेष्ठको अपहरणकारी मध्यका एक गुगल गिरीलाई डिएसपी ढुंगेलले विराटनगरबाट पक्राउ गरी ल्याएका थिए । 

राकेश लिब्बुको हत्या गरी फरार भएका राजधानीका डन राजु गोर्खालीलाई राजनीतिक र प्रहरी अधिकृतले नै संरक्षण दिईरहेको अवस्थामा पक्राउ गर्न सफल भएका थिए । गोर्खालीलाई डिएसपी ढुंगेलको समुहले राजधानीको हाँडिगाँउबाट पक्राउ गरेको थियो । कारागारबाट अस्पताल जाने बहानामा आफ्ना सहयोगी प्रयोग गरी प्रहरीलाई नै खुकुरी प्रहार गरी फरार कुख्यात गुण्डा सुक्रे लामालाई पनि डिएसपी ढुंगेल नै पक्राउ गरेका थिए । भारतमा बसेर नेपालमा अपहरण र फिरौंतीको ¥याकेट चलाउने उदय सेण्ठी समुहका नेपालका मुख्य एजेण्ड अनिल गुरूङलाई पनि ढिएसपी ढुंगेलले नै पक्राउ गरेका थिए । 

त्यस्तै विभिन्न अपराधमा फरार रहेका गुण्डा र तिनका नाईकेलाई डिएसपी ढुंगेलको सक्रियतमा कानुनको कठघरामा उभ्याउन प्रहरी सफल भएको थियो । दिपक ढुडे भन्ने दिपक तालु, पोखराका ललित गुरूङ, धरानका दिनेश चस्मे, गोठाटारमारमा अवोध ४ बर्षीय बालक सन्तोष कार्कीको हत्याका मुख्य नायक मानिएका रत्न लामाका छोरा पाल्तेन लामालाई पनि डिएसपी ढुंगेलले काभ्रेको कामीडाँडाबाट पक्राउ गरी ल्याएका थिए । त्यस्तै हुन्डीवालालाई गोली हानेर लुटपाट गर्ने राजु डंगोल पनि डिएसपी ढुंगेलकै फन्दामा परेका थिए ।  

प्रहरी निरक्षक (ईन्सपेक्टर) भएर दरबारमार्ग वृत्तमा छोटो समय बसेपनि उनले उल्लेखनिय काम गरेका थिए । दरबार मार्गलाई चुस्त दुरूस्त राख्न उनले हरदम प्रयास गरेका थिए । पूर्व आईजी उपेन्द्रकान्त अर्याल, डिआईजी नवराज सिलवाल, एसएसपी रमेश खरेल, पुष्कर कार्की जस्ता सक्षम प्रहरी अधिकृतसँग काम गरेका डिएसपी ढुंगेलले ति प्रहरी अधिकृतबाट सिक्दै उनिहरूलाई पनि उचाईको शिखरमा पु¥याउन मद्दत गरेका थिए । 

तर काम गर्ने कालु मकै खाने भालु भने झै बढुवामा भने उनलाई पछि पादै संगठनले अन्याय गरेको थियो । कामको हिसाबले एक नम्बरमा बढुवा हुने पर्ने डिएसपी ढुंगेललाई बढुवा सुचिको अन्तिममा राखियो । कार्यकौशलताको महत्वभन्दा पनि आफ्नालाई तान्ने ध्याउन्न अधिकारीहरूले गरेका थिए ।

Post a Comment

0 Comments