Subscribe Us

माओवादी हाफ बाँकी पत्तासाफ

काठमाडौं । स्थानीय तहको निर्वाचनअघि नेकपा एमालेले भनेको थियो कांग्रेस हाफ, माओवादी पत्तासाफ ! एमालेले भनेजस्तो त भएन तर एउटा हाफ अरू पत्तासाफ भएको तथ्याङ्क देखिएको छ ।

स्थानीय तहको दुई चरणमा भइसकेको निर्वाचनको तहगत तथ्याङ्कले एमालेसँग कांग्रेसको जनमतको तुलनात्मक स्पर्धा रहेपनि माओवादी हाफ र बाँकी पत्तासाफ देखिएका छन् । 

प्रदेश नम्बर २ बाहेक अन्यत्र स्थानीय तह निर्वाचन सम्पन्न भएका ठाउँमा एमाले २७६, कांग्रेसले २२७, माओवादीले ८४ स्थानीय तह जितेको छ । भरतपुर महानगरबाहेक ६१६ स्थानीय तहमा तीन पार्टीका प्रमुख पदका उम्मेदवारहरूले पाएको मत पपुलर हुन् । एमालेले २६ लाख ९८ हजार ७३६ मत पाएको छ । कांग्रेसले २६ लाख ५६ हजार २७५ मत पाएको छ । 

दुई दलको मतान्तर ४२ हजार ४६१ मात्र देखिन्छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले कुल १२ लाख ७५ हजार ३५ मत पाएको छ । हरेक स्थानीय तहको प्रमुखमा पाएको मत जोड्दा प्रदेश नम्बर १ र ३ मा एमालेले धेरै मत पाएको छ । तर, बाँकी ४, ५, ६ र ७ नम्बर प्रदेशमा कांग्रेस अगाडि देखिएको छ । माओवादी केन्द्र भने सबै प्रदेशमा तेस्रो स्थानमा रहेको छ ।

यसकारण पनि जनाधार गुमेको विषयमा माओवादी चिन्तित रहेको छ । संविधानसभामा राम्रो आधार बनाएका दलहरूको भने पत्तासाफ भएको छ । खासगरी राप्रपा, संघीय समाजवादी फोरम, नयाँ शक्ति, फोरम लोकतान्त्रिकलगायतका ३३ दलको पत्तासाफ नै भएको छ । यी दलहरूको जनाधकार कमजोर देखिएको छ ।  


Post a Comment

0 Comments