Subscribe Us

गोलघरबाट उम्किने कसरतमा विकिनी किलर शोभराज ?

काठमाडौं । ७२ वर्षको उमेरमा अन्तर्राष्ट्रिय विकिनी किलर चाल्र्स शोभराज मुटुको शल्यक्रिया गरी गोलघरमा फर्किएका छन् । उनले आफ्नो रिहाईका लागि फेरि सर्वोच्च अदालतमा निवेदन दिँदैछन् । 

अदालतले बारम्बार उनको निवेदनलाई खारेज गर्दै आएको छ । अब थप उपचार र स्वतन्त्र जीवनका लागि उनले पुनरावेदन गर्न लागेका हुन् । 

शोभराजको मुटुको शल्यक्रिया सफल भएपछि उनले नयाँ जीवन पाएको सुखानुभुति गरेका छन् । उनलाई बचाउनका लागि नीहिता विश्वाससहितको रगत प्रयोग भएको थियो । कडा सुरक्षा घेराबीच गंगालाल हृदय रोग केन्द्रमा शोभराजको मुटुको शल्यक्रिया डा. रमेश कोइराला नेतृत्वको चिकित्सक टोलीले गरेको थियो । 

१४ वर्षदेखि नेपाली जेलमा रहेका शोभराज विश्वभर युवती हत्याका कारण कुख्यात थिए । नेपालमा एकजना विदेशी पर्यटक महिलाको हत्या गरेको अभियोगमा उनले २० वर्षको कैद सजाय पाएका थिए । ५८ वर्षको उमेरमा नेपालमा पक्राउ परेका शोभराजले नेपाली विमानस्थलबाट हात्ति समेत छिराउन सकिने अभिव्यक्ति दिँदै नेपाली सुरक्षालाई चुनौति दिएका थिए । 

सन् १९४४, ६ अप्रिलमा फ्रान्समा जन्मिएका शोभराज भियतनामी र भारतीय मानिन्छन् । द स्प्लिटिङ किलरका रूपमा पनि विश्वकुख्यात शोभराजलाई द सेर्पेन्ट भनेर पनि चिनिने गरेको छ । शोभराजले एक दर्जन हत्या गरेका छन् । उनलाई मनोरोगीको संज्ञा पनि दिइने गरेको छ । उनले आफ्नो साहसिक जीवनशैलीका रूपमा हत्याको श्रृङ्खला मच्चाएका थिए । उनकी आमा भियतनामी थिइन् भने बाबु भारतीय थिए । इन्डोचिनामा उनकी आमाका दोस्रा पति फ्रान्सका एकजना सैनिक अधिकारीले शोभराजलाई हुर्काएका थिए ।

पेरिसमा पहिलो पल्ट शोभराज सन् १९६३ मा पहिलो जेल सजायमा परेका थिए । उनको पहिलो सम्बन्ध फ्रान्सकी एकजना परम्परागत महिला चन्तल कम्प्यागनसँग भएको थियो । तर, उनले ति महिलालाई विवाहको प्रस्ताव गरेकै बेला चोरीको कारसहित पेरिस प्रहरीबाट गिरफ्तार भएका थिए । उनी जेलमा भएका बेला चन्तलसँगको सम्बन्ध झाँगिएको थियो र उनीहरूले शोभराजको आठ महिनाको जेलमुक्ति हुनासाथ विवाह गरेका थिए । 

शोभराज १९७० मा भारत आएका थिए । भारतमा पक्राउ परेपछि उनले छुट्नका लागि बाबुसँग रकम माग गरेका थिए । चन्तलसँग मिलेर शोभराजले पर्यटक लुट्ने र हत्या गर्ने कामलाई तिव्रता दिएका थिए । १० भन्दा बढि चोरीका पासपोर्टको प्रयोग गरी आपराधिक दुनियाँमा शोभराज सक्रिय हुँदै गएका थिए । 
शोभराजको आपराधिक हत्या श्रृङ्खलाको तिव्र निरन्तरता भने थाइल्यान्डबाट सुरू भएको थियो । 

शोभराजको आपराधिक हत्या श्रृङ्खलाको तिव्र निरन्तरता भने थाइल्यान्डबाट सुरू भएको थियो । एकजना भारतीय अजय चौधरीसँगको भेटपछि हत्या श्रृङ्खला बढेको थियो । शोभराज र चौधरीले १९७५ मा एकजना युवतीको हत्या गरेको पहिलो पल्ट स्वीकार गरेका थिए । टेरेसा नोल्टनको हत्या उनीहरूबाट भएको थियो । गुलाफी विकिनी पहिरिएकी उनको हत्या भएको फोरेन्सिक टेस्टबाट पत्ता लागेको थियो । थाइल्यान्डमा नै अर्को हत्या भिटाली हाकीमको हत्या शोभराजले गरेका थिए । जसको लास पटैया भन्ने ठाउँमा भेटिएको थियो । 

नेदरल्यान्डका विद्यार्थीहरू २९ वर्षिया हेन्क विन्तान्जा र २५ वर्षिया कोर्ने्लिया हेमकरलाई शोभराजले हङकङमा भेटेका थिए । उनीहरूलाई पनि थाइल्यान्डमा बोलाएर हत्या गरिएको थियो । शोभराजले जाली पासपोर्ट बनाई नेपालमा लेकरेज भन्ने युवतीलाई सँगै ल्याएका थिए । 

उनको यसक्रमको हत्याको श्रृङ्खला बढिरहेको थियो । नेपालमा हत्या गर्नासार्थ उनलाई नेपाल प्रहरीले पक्राउ गरी ज्यान मुद्दा चलाएको थियो । उनको ज्यानमुद्दामा अदालतले जन्मकैद फैसला गरेपछि छुट्नका लागि उनले नेपाली वकिलको सहारा लिएका थिए । सकुन्तला थापाले शोभराजको मुद्दा लिएपछि थापकी छोरी नीहिता विश्वाससँग उनको जेलमा नै भेट भएको थियो र विवाह पनि भयो ।

Post a Comment

0 Comments