Subscribe Us

यस कारण हार्दैछन गुरूङ

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको असार २९ हुने निर्वाचनसँगै व्यवसायीहरू चुनावी प्रचार प्रसारमा होमिएका छन् । 

संघको निर्वाचनमा लोकतान्त्रीक वैदेशिक रोजगार व्यवसायी फोरमबाट बिमल ढकाल र प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालबाट रोहन गुरूङले उमेद्ववारी दिने चर्चा चलेको छ । निर्वाचन नजिकीएसँगै गुरूङ भने विस्तारै हारको नजिक नजिक पुग्न थालेका छन् । 

मञ्च भित्रका केही चलेका व्यवसायीहरूलाई काँधमा लिएर हिँडने र उनीहरूकै काँधमा हिँडने गरेका गुरूङको साना व्यवसायीहरूले बेवास्था गर्ने र पैसावालको मात्र पछि लाग्ने प्रवृतिले हारको मुखमा पुगेका छन् । 

फोरमबाट टपक्क टिपेर मञ्चमा ल्याएर संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ, एलपीसाँवा लिम्बुहरूले मञ्च र संघको राजनीतिमा स्थापीत गराएका गुरूङको यो समयमा मञ्चमा त कार्टेलिङ नै सुरू भएको छ । जहाँ उनले जे चायो त्यही हुने गरेको, साना व्यवसायीहरूलाई कुनै पनि वास्था नगर्ने गरेका कारण मञ्चका सदस्यहरूले नै मत नहाल्ने भन्दै हिड्न थालेका छन् । 

उनले आफु संघको अध्यक्षमा जानका लागि संघका तृतिय उपाध्यक्ष मुक्ती अधिकारीको राजनीतिक भविश्य सम्भवत स्वाहा पारि दिएका छन् । तृतीय उपाध्यक्षलाई महासचिवमा उठनु भनेर प्रलोभन दिएका गुरूङले माओवादीसँग एलाईन्स गरे भन्दै उनलाई संघका कुनै पनि पदमा जान दिइएन । 

उनीमात्र हैन संघको द्वित्तिय उपाध्यक्ष हरी पाण्डेलाई हरी पाण्डे क्षेत्रीलाई मञ्चको अध्यक्ष दिने भन्दै संघमा जानबाट प्रतिबन्ध लगाएका छन् । हाल मञ्चको कार्यबाहक अध्यक्ष रहेका क्षेत्री मात्र हैन मञ्चको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भिष्म शर्मा शिवाकोटी लगाएतलाई मञ्चको अध्यक्ष दिने भन्दै फकाएछन् । जसलाई पनि भेटना साथ मञ्चमा स्थान दिने भन्दै हिँडेका गुरूङको व्यक्तिगत आचरण र व्यवसायी विरोधी कामका कारण मञ्चकै सदस्यहरूले मत नदिने बताइन थालेको छ । 

तत्काली समयमा ०७२ सात जेठ २९ गते असार २१ गतेबाट लागु हुने गरि फ्रि भिषा, टिकटको निर्णय लागु भएपछि तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरूङले गठन गरेको अध्ययन टोलीमा सघका अध्यक्ष विमल ढकाल लगायत टोलीलाई मेलेसिया जान नदिएको र त्यसैका कारण उक्त विषय टुगो नलागेपछि हाल त्यसको असर व्यवसायीहरूले भोगी रहेका छन् । 

एक व्यवसायीले भने महासचिव गुरूङले अध्यक्ष ढकाललाई भनेर मलेसिया नजाँद व्यवसायीले कामदारसँग १० हजार रूपैयाँ सिसिटिभीबाट खिचेर र अरू पैसा बाहिरबाट लिनुपर्ने बाध्यता भएको र यस्तो काम गुरूङले नै सिकाएको बताँउछन् । यति मात्र हैन व्यवसायीको हकहितमा काम गर्ने र खाली गफमात्र गर्ने, अरूको कुरा नसुन्ने आफ्नो फाइदाका लागि जे पनि गर्न पछि नपर्ने गुरूङलाई हराउन मञ्चभित्रै राजनीति सुरू भएको छ ।  


Post a Comment

0 Comments