Subscribe Us

एमालेको थाल चाट्ने, कांग्रेसमा मत साट्ने ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउँदा ल्याउँर्द पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली खुसी छैनन् । 

एमालेका नेताहरू प्रायः सवै दुखी छन् । खासगरी एमालेलाई अन्तरघात गर्नेको खोजी पनि भइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले त बर्षभरी एमालेको थाल चाटेर कांग्रेसमा मत साट्नेको पहिचान गर्नका लागि निर्देशनै दिइसकेका छन् । 

झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र जिल्ला सचिव मदन अधिकारीले समेत चुनाव हारे । त्यस्तै मेचीनगरमा एमालेका पुराना नेता विष्णु प्रसाईले चुनाव हारे । यही पराजयका कारण एमालेले झापाका १५ स्थानीय तहमध्ये आधा भन्दा कम स्थानमा चित्त बुझाउनुपरेको हो । ओलीको पहिचान झापा आन्दोलनले स्थापित गरेको थियो । सोही आन्दोलनको उद्गमस्थलमा एमाले किन पराजित भयो भनी ओली आक्रोशित बनेका छन् ।  

नेपाली कांग्रेसलाई पहिलो दल बन्नबाट रोक्ने पार्टीको रणनीति अनुरूप दोस्रो चरणको निर्वाचनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा दौडधुप बढाए । मृगौला प्रत्यारोपण पछि अस्वस्थ बनेका ओलीलाई चिकित्सकले धेरै धपेडी नगर्न सुझाव दिए पनि उनले आफ्नो व्यस्ततालाई कम गरेनन् । एकैदिन ५ वटासम्म चुनावी सभा र दर्जनौं भेला तथा बैठकमा ओली सहभागी भए । 

झापामा चुनावी प्रचारका क्रममा ओलीले दिन रात नभनी खटिएको भएता पनि आशा गरिए अनुरूप नतिजा आएन । ओलीको दौडधुप देखेर झापामा कांग्रेस नेतालाई आफूहरू खुम्चिने डर थियो । तर, नतिजा एमालेले सोचे अनुरूप आएन । एमाले अध्यक्ष पाठक र सचिव अधिकारी जिल्ला पार्टीको जिम्मेदवार पदमा थिए । उनीहरूले पदीय दायित्व अनुसार तत् स्थानमा अन्य योग्य व्यक्तिलाई अवसर दिएर चुनाव जिताउन भूमिका खेल्नु पथ्र्यो । तर, त्यसो भएन, उनीहरू आफैं मेयर र अध्यक्ष बन्न दौडिए ।

Post a Comment

0 Comments