ललितपूर साउन २३ । रोमवार दिउँसो ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा प्रवीण खत्रीको मृत्यु भएको छ । खत्रीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ईन्काउन्टर गरेको हो ।  खत्री लागूऔषधको कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ ।  

खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले उनको घर अप्रेसनमा लागेको थियो ।   

गएको थियो । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजेको र प्रहरीतर्फ गोली चलाएको बताए । जवाफी कारबाहीमा उनको ज्यान गएको अमात्यले जनाए ।  

प्रहरीले घर घेराउ गर्दा खत्री श्रीमतीसँगै कोठामा रहेको र प्रहरी आएको थाहा पाएपछि उनले साढे दुई तला माथिको कौशीमा गएर हाम फालेको डिएसपी अजय केसीले बताए । ‘हाम फालेर उनले प्रहरीलाई ताकेर गोली हानेका थिए, तर कसैलाई लागेन त्यसपछि उनले आफ्नै कन्चटमा गोली हाने,’ केसीले भने । प्रहरीले चलाएको गोली भने खत्रीको घुँडाभन्दा मुनि लागेको उनको भनाइ छ । 

Post a Comment

 
Top