Subscribe Us

भाबी आईजीका दाबेदारको याँहा भयो पदस्थापना

डीआईजी पदस्थापनः सर्वेन्द्र खनाल ट्राफिकमै, रमेश खरेल कहाँ पुगे ? पुष्कर कार्की बने सिआईबी प्रमुख
काठमाडौं( प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा गरिएका प्रहरी नायव महानिरीक्षकलाई जिम्मेवारी प्रदान गरेको छ ।  गृह मन्त्रालयको साउन ३२ को निर्णयअनुसार भावी आईजीपीका प्रमुख दावेदार डीआइजी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा पदस्थापन गरिएको छ । 


एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस भएलगत्तै गृहमन्त्री जनार्दन शर्माले खनाललाई प्रहरी प्रधान कार्यालयबाट तानेर ट्राफिक महाशाखाको जिम्मेवारी दिएका थिए ।

यस्तै, आईजीपीका अर्का दावेदार रमेश खरेललाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयको जिम्मेवारी दिइएको छ । यसअघि उनी प्रहरी प्रधान कार्यालयकै यूएन जगेडामा थिए । र, हाल उनी यूएन मिसनअन्तर्गत देश बाहिर छन् ।



यसैगरी डीआईजी बढुवामा तेस्रो वरियताका पुस्कर कार्कीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग– केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०मा सरुवा गरिएको छ । यस्तै, काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका छबिलाल जोशीलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान पठाइएको छ । उत्तम कुमार कार्कीलाई अख्तियार खटाइएको छ ।

Post a Comment

0 Comments