Subscribe Us

गोरखापत्रका दुई सय कर्मचारी कारबाहीमा

काठमाडौं :
संस्थानको काम कहिले जाला घाम भने झैं कार्यालयमा बस्दा चिया खाएर र घाम तापेर बस्ने गोरखा पत्र संस्थानका दुई सय कर्मचारी कारबाहीमा पर्ने भएका छन् ।
मन्त्रालय सम्हालेको एक महिना पुग्दा नपुग्दै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अल्छि र कामचोर गोरखा पत्रका कर्मचारीलाई कारबाही गर्ने हिम्मत पहिलो पटक गरेका छन् । गोरखापत्र संस्थानमा हाल तीन सय ८० जना कर्मचारी रहेका छन् । ती मध्ये करिव ७० जना विहानी सेवामा र ३० जना जति साँझको सिफ्टमा काम गर्छन् । 
मन्त्री बस्नेत जव आइतबार बिहान १० बजे गोरखा पत्र संस्थानको निरिक्षणको लागि छड्के चेक जाँच गर्न गए, तर त्यहाँ निरिक्षण त के कर्मचारी नैं भेटेनन् । तीन सय ८० जना कर्मचारीमा मन्त्री बस्नेतले ६० जनाको मात्र हाजिर गरेको हाजिर खाता मन्त्रालय लगेका छन् । एक सय कर्मचारीले बिहान  र बेलुकीको सिफ्टमा काम गर्छन भने रिपोर्टिङ र बिदा बस्ने कर्मचारीको सख्या करिव दुई दर्जन मात्रै थियो ।
विहान १० बजेर १० मिनेटमा पुगेका मन्त्री बस्नेतले पाँच वटा बिभाग र पाँच वटा प्रकाशन (गोरखा पत्र, राइजिङ नेपाल, मधुपर्क, यूवामञ्च र मुना) को हाजिर खाता बोकेर आफ्नै गाडिमा हालेका थिए । 
संस्थानबाट मन्त्रीले लगेकाा १० वटा हाजिरी खाता बेलुकी साढे पाँच बजे संस्थानलाई फिर्ता दिएको एक कर्मचारीले बताए । कामचोर र चाकडी गर्न माहिर मानिएका गोरखा पत्रका कर्मचारीलाई ठेगान लगाउन मन्त्री बस्नेतले चालेको यस्तो कदमको इमान्दार र कामप्रति इमान्दार पत्रकार र कर्मचारी खुसी भएका छन् । मन्त्रीको छड्केमा संस्थानका अध्यक्ष गोविन्द पोखरेल पनि गैर हाजिर भएका छन् । पोखरेल संस्थानको अध्यक्ष भए पनि मासिक सुविधा लिँदै आएका छन् ।
गोरखा पत्र संस्थानका १० वटा हाजिरी खाता बोकेर हिँडेका मन्त्री बस्नेत आइतबार बिहान १० बजेर २० मिनेटमा कमलादीस्थित नेपाल दुर सञ्चार प्राधिकरणको कार्यालय पुगेका थिए । प्राधिकरणमा हाजिरका लागि हाजिरी खाताको ठाउँमा बिद्युतीय हाजिरी खाता रहेकोले मन्त्री बस्नेतले बिद्युतिय हाजिरको लागि थम्ब (औठा) लगाउने ठाउँमा टेप लगाएर १० बजेर २० मिनेटसम्म हाजिर गर्ने कर्मचारीहरुको इलेक्ट्रोनिक कपी प्रिन्ट गरेर ल्याउन आदेश दिएका थिए । काम गर्ने शैली र ब्यवहार निडर र हठी भएका बस्नेतले गरेको हाजिरी छड्केको केही अल्छि कर्मचारीले आलोचना गरेका छन् । उनीहरुले केही कर्मचारीले पोल सुनाएर मन्त्रीले छड्के चेक गरेको भनी गुनासो गरेका छन् । 

Post a Comment

0 Comments