Subscribe Us

डीआईजी सिलवालको अन्तिम फैसला भदौ २७ मा

काठमाडौं :
डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको फैसला भदौ २७ मा हुने भएको छ । सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा डिआईजी सिलवालले दायर गरेको रिट निवेदनमा आज अन्तिम सुनुवाइ भएपनि समय अभावका कारण भदौ २७ गते आदेश आउने भएको हो ।
सर्वोच्चको बृहत् पूर्ण इजलाशमा उक्त रिट निवेदनमा पक्ष तथा विपक्षका अधिवक्ताहरुको बहस आज सकिएको हो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको इजलाशमा रिट निवेदनको सुनुवाइ भएको हो ।
यस अगाडिको पेशीमा विपक्षी नेपाल सरकार र आईजीपी प्रकाश अर्यालतर्फका अधिवक्ताहरुको बहस गरेका थिए । आज रीट निवेदक डीआईजी सिलवालको तर्फका अधिवक्ताहरुले इजलाशमा प्रत्युत्तर दिएपछि सुनुवाइ समाप्त भएको हो । उक्त रिट निवेदनको सुनुवाइ लामो समयदेखि हेर्दाहेर्दैमा रहेको थियो ।

Post a Comment

0 Comments