Subscribe Us

यस कारण अड्कियो सईको बढुवा

काठमाडौं । नेपाल प्रहरीको जुनियर अधिकृत पदमा रहेको धेरैजसो काम चल्ने तर बढुवा चाहीँ नचल्ने अवस्थामा छन् । यसपटकको बढुवामा पनि उनीहरू सबैतहबाट ठगिदै आएको अवस्था छ । सिपाहीदेखि एआइजीसम्मको बढुवा निस्कियो तर सईको बढुवा अझै भएन । 

अझ प्राविधिक तर्फ कम्युटरमा कार्यरत सइ भने जागिरको १८ औं वर्षमा प्रवेश गर्दा पनि अझै बढुवा हुने छाँटकाट नै छैन । गृहमन्त्री जनार्दन शर्माले सई र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बीच वरिष्ठ सई पद थप्ने योजना सार्वजनिक गरेपछि लामो समयदेखि सई पदमा रहेकाहरू इन्स्पेक्टर नै नभई सेवाबाट अवकाश हुनुपर्ने हो कि भन्ने चिन्ताले पिरोलिएका हुन् । 

१४ वर्षअघि सईमा बढुवा भएका प्रहरी कर्मचारी अझै उही पदमा छन् । उनीहरूसँगै सई भएकाहरू सशस्त्र प्रहरी बल (एपीएफ) तर्फ गएर नायब उपरीक्षक (डीएसपी) भइसकेका छन् । पछिल्लो पटक पदपूर्ती तथा बढुवा समितिले सईबाट इन्स्पेक्टरमा बढुवा गर्न ९५ जनाको सूची तयार गरिसकेको छ । 

करिब एक महिना भयो त्यो सूची तयार गरेर राखेको तर बढुवाको फाइल अघि बढाउन सकेको छैन । ०६० सालसम्मका सईमा प्रवेश गरेकाहरूलाई बढुवा गर्न निर्णय पनि भइसकेको छ । तर अहिले बढुवा भइसक्नुपर्नेहरूको सूची लुकाएर अर्को खेल सुरू भएको छ । ०६० सालमा प्रवेश गरेका १ सय ७ जना मध्येबाट विएपास गरेका र कुनैपनि कारवाहीमा नपरेका ७६ जना छन् । ०५७ , ०५८ का ४० जति बाँकी छन् ती द्वन्द्वकालमा जागिर छाडेर फेरि जोडिएका हुन् । ९० जना बढुवा भए भने मुस्किलले ६० सम्मको भ्याउछ । दवावमा सई बढुवा हुदा ४० को स्थिति के हुन्छ भन्ने प्रश्न छ । 

ती मध्ये नियमावली अनुसार ९० देखि ९५ जनालाई इन्स्पेक्टरमा बढुवा गर्न सकिने अवस्था छ । बढुवाका लागि नामावली समेत तयार भइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीले नै बढुवा रोकेको स्रोतले जनाएको छ । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाको दवावमा प्रधानमन्त्री देउवाले गृहमन्त्रीलाई भनेर सईको बढुवा रोकेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । स्रोतका अनुसार २०६२÷०६३ बाट समेत बढुवाको लिष्टमा नाम थप्न र चुनावमा प्रभाव पर्ने निस्कर्ष सहित बढुवा रोकेको हो ।
राजनीतिक आस्थालाई पनि कारण बनाइएको छ । गृहसचिव लोकदर्शन रेग्मीले आफू मूख्य सचिवको लाइनमा रहेको भन्दै आरजुलाई सइको बढुवामा को को पार्ने हो भन्दै सोधेपछि आरजुले तत्काल नगर्न निर्देशन दिएको स्रोतको दावी छ । ‘बढुवामा परेको ६५ मध्ये ५० जना भन्दा बढी प्रहरी सेवामा आउनुअघि एमालेको कार्यकर्ता हुन भन्ने पनि निचोड आएको छ’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने, ‘सईको बढुवा गर्दा त्यसले आउने चुनावमा प्रभाव पर्न सक्छ भन्दै बढुवा रोकिनुमा एउटा कारण त्यो पनि रहेको छ ।’ भित्र मनशाय अर्कै भएपनि प्रधानमन्त्रीले राजनीतिक कारण देखाउँदै गृहमन्त्रीलाई कनभिक्स गरेका छन् । बढुवा रोकिदा प्रहरी निरीक्षकका लागि खुल्ने दरबन्दी पनि रोकिएको छ । 

सहीको बढुवा गर्दा त्यसको ६० प्रतिशत आवेदन खुल्ला गर्नुपर्छ । अहिले करिव २ सय जनाको प्रहरी निरिक्षकको दरबन्दी खाली छ । कुनै कुनै गृहमन्त्री तथा आईजिपी को पाला मा ४–४ बर्ष सम्म बडुवा नै नगर्दा त्यसले कती असर परेको छ भनेर छलफल समेत गरेको छैन । प्रहरी नियमावलीले ६० खुल्ला बाट र ४० बढुवा बाट गर्ने भनेर के सधैं यो मापदण्ड हरेक बर्ष मिचिने गरेको छ । 

एकजना प्रहरी अधिकारीले इतिहाँसमा अहिलेसम्म नभएको विभेदन यो सरकारले गरेको बताए । ‘०५९ सम्मको ब्याज बढुवा भइसकेको छ ।’ ती अधिकारीले भने, ‘जवान देखि असईसम्म र इन्स्पेक्टरदेखि आइजीपीसम्म बढुवा भइसक्यो सईको मात्रै किन रोकियो ?’ प्रहरी नियमावलीले १० बर्ष सई दर्जामा रहीआएको सई इन्स्पेक्टर दर्जामा बडुवा हुन योग्य मानिने छ भनिएको छ । तर ब्यबहारमा असईमा आएको दर्जाको ठूलो हिस्सा सईमा पेन्सन पकाउनु परेको छ । यसअघि २०७२ सालको अन्त्यतिर ८३ जना सइको बढुवा भएको थियो त्यतिबेला पनि कम्युटरका सइहरू छुटेका थिए । 

एउटै पदमा १५ बर्ष सेवा गरेपछि स्वत बढुवा हुने प्राप्धान ल्याइएपनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन । लामो समयसम्म अवरूद्ध बढुवा प्रक्रिया अहिले सुचारू छ तर पनि सइ भने सधै मारमा पर्ने गरेका छन । प्रहरी सहायक निरीक्षक (असई) सम्मको बढुवा भइसकेको छ भने राजपत्रांकित पदमा बढुवा हुन सकेको छैन । हाल इन्स्पेक्टर पदमा 

Post a Comment

0 Comments