Subscribe Us

३३ किलो सुन काण्डका नाईके दुबैबाट पक्राउ

काठमाडौं । चर्चित ३३ किलो सुन काण्डका मुख्य नाईके राजनप्रसाद पन्थ पक्राउ परेका छन् । पन्थलाई प्रहरीको ईन्टरपोल महाशाखाले दुवई प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो । पन्थले दुवईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको सिआइबीको अनुसन्धानबाट खुलासा भएको छ । 

सोमबार दुवई हुँदै काठमाडौं विमानस्थलमा ओर्लिएका पन्थलाई प्रहरीले नियन्त्रणमा लिई अदालतमा हाजिर गराउने तयारी गरेको छ। अदालतले पन्थ लगायतलाई अदालतमा आफैं उपस्थित हुन पूर्जी जारिगरेको थियो।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो  सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पिंगलास्थानबाट पक्राउ गरेको थियो। उनीहरुमाथि थप अनुसन्धान गर्दा हाल पक्राउ परेका १२ जना र फरार २१ जनाको संलग्नता खुलेको हो।

वईमा बसेका मुख्य कारोबारीहरु हरिशरण खड्का, अर्जुन प्रसाद खरेल, रोशन गुप्तलाला भुसाल, कृष्ण गोपाल अग्रवाल, चुडामणी उप्रेती, गोरो भन्ने सिताराम खरेल, केशव चापागाइँ, सञ्जय भन्ने दुर्ग प्रसाद खरेल र गोपाल भुसालसमक्ष भने प्रहरी पुग्न सकेको छैन। नेपालका मुख्य रिसिभरहरु दरबार रोधी क्लबका काभ्रेका रामहरि कार्की, रुविन भन्ने राम प्रताप खड्का र मोरङका प्रकाश खरेल र बुद्धिमान खरेल हुन्।

सीआइबीका अनुसार सुन मगाउनेहरुमा चर्चित सुन पसल आरके ज्वलर्सका सञ्चालक राजेन्द्र कुमार शाक्य, मल्लिका बज्राचार्य शाक्य, सालिमार ज्वलर्सका सञ्चालक राम कृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल हुन्।

सालिमारकै अनमोल बज्राचार्य र बैभव लक्ष्मी ज्वलर्सका सञ्चालक प्रमोद श्रेष्ठ समेत सुन माग गर्ने व्यापारी रहेको सीआइबीले जनाएको छ। यी व्यापारीहरुसँग शेयर होल्डर्सको रुपमा कैलालीका रवि राजेश बोगटी, काठमाडौं क्षेत्रपाटीका शनि श्रेष्ठ, वैभव ज्वलर्सकै मनोज श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ समेत रहको प्रहरी दावी छ।

Post a Comment

0 Comments