Subscribe Us

डिएसपीको दादागिरी,
भाडा नतिर्ने उल्टै दुई करोड क्षतीपूर्ति माग्ने ?

काठमाडौं । बर्दीको आडमा सशस्त्र प्रहरीका एक डिएसपीले एक घरानियाँ शिक्षकलाई कति सम्म दुःख दिएका रहेछन भन्ने कुराको प्रमाण फेला परेको छ । 

कानुनका पालना गर्दै अरुलाई समेत पालना गर्न सिकाउनु पर्ने प्रहरीले नै कानुन उलघंन गर्दै सोझासिधा ति सिक्षकको करोडौं रुपैयाँ खाएको रहस्य समेत खुलेको हो । 

सशस्त्र प्रहरीका डिएसपी रहेका प्रबिण कडेलले चक्रपथ भाटभटिनी नजिक रहेको भाबनाकुमार श्रेष्ठको घर जग्गा श्रीमती संगिताकुमारी प्रसाई कडेलको नाममा लिजमा लिई कब्जा गर्ने रणनीति बनाएको खुलासा भएको हो ।

 कडेलले शिक्षकको फाईदा उठाउँदै कब्जा गर्ने नियतले उक्त घर २५ बर्षको लागि मासिक एक लाख ७५ हजारका दरले भाडामा लिएका थिए । 
सामान्यता प्रायः ५ देखी १० बर्षको मात्र करार हुने गर्छ । तर, २५ बर्ष करार गरी घर भाडामा लिएका डिएसपी कडेलले उल्टै बिगत २० महिना देखी भाडा तिरेका छैनन् । तरपनि शक्तिको आडमा उनले घरधनी श्रेष्ठलाई पटक–पटक महाराजगञ्ज बृत्तमा लगेर मानशिक पिडा दिने गरेको पीडितले बताए । 

२०७२ मंसिरदेखि भाडा नबुझाई गुण्डागर्दी शैलीमा त्यहि घरमा होटल समेत चलाउँदै आएका डिएसपी कडेलले १३ बैशाख २०७३ मा जिल्ला अदालत काठमाडौंमा दुई करोड क्षतीपूर्ती माग गर्दै  मुद्दा दर्ता गराएका थिए । करार नामाको अनुच्छेद ९ मा उल्लेख भए बमोजिम करार अबधिभर करार बदर गर्नु परेमा दुई करोड क्षतीपुर्ती दिनुपर्ने शर्तलाई आधार बनाएर डिएसपी कडेलले मुद्दा दर्ता गराएका थिए । 

तर, उक्त मुद्दा ४ फागुन २०७३ मा हारिसक्दा पनि डिएसपी कडेलले घर खाली गर्नु त परै जाओस् भाडासमेत नतिरी डनगिरी अपनाएका छन् । प्रहरी सेवामा रहेका कडेलले उक्त घर श्रीमतीको नाममा भाडामा लिएर होटल चलाएका छन भने, अन्य भाग भाडामा लगाएका छन् । डिएसपीको कारण घर धनी श्रेष्ठ भने बैंकको ब्याजसमेत तिर्न नसकेर पागल जस्तै भएका छन् । श्रेष्ठ कतैबाट न्याय नपाएपछि सशस्त्र प्रहरीका महानिरक्षक सिंहबहादुर श्रेष्ठको सचिवालयमा उजुरी हाल्ने तयारीमा छन् । 

Post a Comment

0 Comments